मथुरा, 09 मार्च (हि.स.)। मथुरा पुलिस प्रशासनले विश्व प्रसिद्ध बरसाना लट्ठामार होली सकुशल सम्पन्न गराइयो भने अर्कोतिर मथुराको थाना हाईवे पुलिसले एक लाख रूपियाँ ईनामी ग्याङ्ग्स्टरलाई आइतवार बिहानै हाईवेमा भएको भिड़न्तमा मारेको जानकारी गराएको छ। अपराधीलाई यूपीका साथै राजस्थान, जम्मू कश्मीर सहित धेरै राज्यहरूका पुलिसले खोजिरहेको थियो। अपराधीमाथि तीन दर्जनभऩ्दा धेरै हत्या र डकैटीको मामिला दर्ता थियो। पुलिसले उसलाई लामो समयदेखि खोजीरहेको थियो, उसले एउटा गिरोह पनि अपरेट गरिरहेको थियो, जसको उ मुखिया थियो, भिड़न्तमा बदमाशका तीन साथी फरार भए। पुलिस उनीहरूलाई समाउनमा जुटेको छ।
ज्ञात होस्, हापुड़को गढ़ मुक्तेश्वर निवासी फाती उर्फ असद उर्फ कदीम उर्फ बल्लू उर्फ पहलवानमाथि हापुड़मै 36 भऩ्दा धेरै मामिला दर्ता छ। राजस्थान र जम्मू कश्मीरमा पनि उ विरूद्ध केस दर्ता छ, असदले हत्या, लूट र डकैटी जस्ता धेरै जघन्य अपराधहरूलाई परिणाम दिएको थियो, उसले एउटा गिरोह पनि चलाउनेगर्थ्यो, जसको उ मुखिया थियो। उ लामो समयदेखिय फरार थियो। उमाथि एक लाख रूपियाँको पुरस्कार घोषित थियो।
डीआईजी शैलेश कुमार पाण्डेयले भने, आइतवार बिहानै फातीबारे इनपुट प्राप्त भयो, थाहा लाग्यो कि अपराधी कुनै ठूलो घटनालाई परिणाम दिनमा जुटेको छ र आफ्ना तीन साथीहरूको साथ थाना हाईवे क्षेत्रको कृष्णा कुञ्ज कोलोनीमा लुकेको छ, जसपछि हाईवे थाना पुलिसले घेराबन्दी गऱ्यो। आफूलाई घेरिएको देखेर बदमाशहरूले गोलीबारी शुरू गरे, हाईवे पुलिसको जवाबी कारबाहीमा फातीलाई गोली लाग्यो, यसबाट उ गम्भीर रूपमा घाइते भयो। जबकि उसका तीन साथी फरार भए। घाइते बदमाशहरूलाई तुरन्तै जिल्ला अस्पताल लगियो, यहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे।
डीआईजीले भऩे, बदमाश फाति उर्फ असदले गिरोह चलाइऱहेको थियो, धेरै राज्यहरूको पुलिसले उसलाई खोजिरहेको थियो, उसले लगातार पुलिसलाई छक्याएर भागिरहेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी