नयाँ दिल्ली, 09 मार्च (हि.स.)। केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जेपी नड्डाले राज्यमन्त्री अनुप्रिया पटेलको उपस्थितिमा राष्ट्रिय स्वास्थ्य एवं परिवार कल्याण संस्थान (एनआईएचएफडब्लूय) को 48औं वार्षिक दिवस समारोहको भर्चुअल अध्य़क्षता गरे। कार्यक्रममा एनआईएचएफडब्ल्यूमा एक ओपन जिम्नेजियम पार्क, आरोग्य शक्ति पार्क र सक्षम- मीडिया ल्याबका नयाँ सुविधाहरूको शुभारम्भ गरियो। द्विवार्षिक हिन्दी पत्रिका ‘जन स्वास्थ्य धारणा’ को पनि विमोचन गरियो।
आफ्नो भर्चुअल सम्बोधनमा नड्डाले एनआईएचएफडब्ल्यूको सराहना गर्दै भने, यो संस्थान देशमा सार्वजिक स्वास्थ्य पेशावरहरू, नीति निर्माताहरू र प्रशासकहरूका लागि प्रशिक्षण, अनुसन्धान र क्षमता निर्माणमा अग्रणी हो। उनले जोड दिँदै भने, संस्थानको क्षमता निर्माणप्रति प्रतिबद्धता सार्वजनिक स्वास्थ्यमा डाक्टरेट र मास्टर कार्यक्रमहरूको शुरूआतले स्पष्ट छ कि यसले देशमा योग्य पेशावरहरूको तत्काल आवश्यकतालाई पूरा गरिरहेको छ। एनआईएचएफडब्ल्यूको शोध पहल र विभिन्न सरकारी कार्यक्रमहरूको मूल्याङ्कनले प्रमाण-आधारित नीति निर्माणमा महत्वपूर्ण योगदान दिएको छ। राष्ट्रियो कोल्ड चेन र भ्याक्सिन प्रबन्धन संसाधन केन्द्रलाई एक अन्तरराष्ट्रिय उत्कृष्टता केन्द्रमा उन्नत गरिँदैछ। यो टीकाकरण र आपूर्ति श्रृंखलामा भारतको नेतृत्वको प्रमाण हो।
राष्ट्रिय स्वास्थ्य एवं परिवार कल्याण संस्थान (एनआईएचएफडब्ल्यू) भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय अन्तर्गत एक स्वायत्त संगठन हो। आफ्नो शिक्षा, प्रशिक्षण, अनुसन्धान र विशेष सल्लाहकार सेवाहरूका लागि चिनिने एनआईएचएफडब्ल्यूले देशमा स्वास्थ्य र परिवार कल्याण कार्यक्रमहरूलाई प्रोत्साहन दिन एक 'शीर्ष तकनीकी संस्थान' का साथै एक 'थिंक ट्याङ्क' को रूपमा काम गर्दछ।
हिन्दुस्थान समाचार / भवानी थामी