आईपी यूनिवर्सिटीमा बीएस र एमएसको निम्ति काउन्सलिङको तारिक घोषित
विश्व


नयाँ दिल्ली, 12 जून (हि.स.)। गुरू गोबिन्द सिंह इन्द्रप्रस्थ यूनिवर्सिटी (आईपी यूनिवर्सिटी) मा बीएस (पेकेजिङ टेक्नोलोजी) र एमएस (पेकेजिङ टेक्नोलोजी) प्रोग्रामको निम्ति काउन्सलिङ आयोजित गरिनेछ।

यूनिवर्सिटीले बिहिवार एक बयान जारी गरी भनेको छ, बीएस (पेकेजिङ टेक्नोलोजी) को काउन्सलिङ 23 जूनमा र एमएस (पेकेजिङ टेक्नोलोजी) को काउन्सलिङ 24 जूनमा द्वारका क्याम्पसमा आय़ोजित गरिनेछ।

आवेदकहरूले काउन्सलिङको दिन आवश्यक दस्तावेज ल्याउनुपर्नेछ, जसमा यूनिवर्सिटी कुलसचिवका नाममा निर्गत 96,000 रूपियाँको ब्याङ्क ड्राफ्ट, चार पासपोर्ट आकारको फोटो, सीईटी ऱ्याङ्क कार्ड, सीईटी एडमिट कार्ड, जन्म प्रमाण पत्र आदि सामेल छन्।

दुवै प्रोग्राम यूनिवर्सिटीसित सम्बद्ध इण्डियन इन्स्टिट्यूट अफ पेकेजिङमा उपलब्ध छ र प्रत्येक प्रोग्राममा 60-60 सीट छन्। काउन्सलिङपछि सीईटीको ऱ्याङ्क र श्रेणी अनुसार सीटहरूको आवंटन गरिनेछ।

काउन्सलिङबारे विस्तृत विवरण यूनिवर्सिटीको वेबसाइट (www.ipu.ac.in र www.ipu.admissions.nic.in) मा उपलब्ध छ। आवेदकहरूलाई वेबसाइटमा गएर विस्तृत जानकारी प्राप्त गर्ने औं आवश्यक दस्तावेज तयार राख्ने सुझाउ दिइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande