हालिशहरमा 52 वटा चिसो पिउने पानीको मशिन जड़ान गरिने, मानिसहरूलाई गर्मीबाट राहत दिने पहल
हालिशहरमा 52 वटा चिसो पिउने पानीको मशिन जड़ान गरिने, मानिसहरूलाई गर्मीबाट राहत दिने पहल


कोलकाता, 14 जून (हि.स.) । भीषण गर्मीमा मानिसहरूलाई राहत पुऱ्याउने उदेश्यले उत्तर 24 परगना जिल्लाको हालिशहरमा नगरपालिकाको पक्षबाट 52 वटा स्थानहरूमा अत्याधुनिक चिसो पिउने पानीको मशिन जड़ान गरिँदैछ। यो पहल स्थानीय विधायकको सिफारिसमा नगर प्रशासनद्वारा शुरू गरिएको हो।

नगरपालिका सूत्र अनुसार मशिन जड़ान गरिने प्रमुख स्थानहरूमा क्रमैले स्कूल, जूट मिल, बस स्टप, पार्क औ मार्केट कम्प्लेक्स सामेल छन्। नगरपालिकाले यस परियोजनाको लागि आफ्नो फण्डबाट 28 लाख 52 हजार रुपियाँ खर्च गरेको छ।

यी मशिनहरूको माध्यमबाट मानिसहरूले 24 घण्टै स्वच्छ अनि चिसो पिउनेपानी प्रयोग गर्न सक्नेछन् जसलाई सहजै घरको फिल्टर जस्तै प्रयोग गर्न सकिन्छ। केही स्कूलहरूमा मशिन पहिलाबाटै जड़ान गरिसकिएको छ भने कतिपमा काम भइरहेको छ। विशेष ध्यान स्कूल अनि श्रमिक बाहुल क्षेत्रहरूलाई दिइँदैछ जस्तो कि हुकुमचन्द जुट मिल जहाँ हजारौं श्रमिकहरूले काम गर्दछन्।

नगरपालिकाले यो पनि सुनिश्चित गरेको छ, यी मशिनहरूको उचित प्रयोग होस् अनि यसको लागि सीसीटीभी क्यामरा जड़ान भएका स्थानहरूमा मशिनलाई जड़ान गरिँदैछ। यसबाट निगरानी पनि सहज हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande