
सुरजपुर, 15 जून (हि.स.)। सुरजपुर जिल्लाको खडगवां पुलिस थाना क्षेत्र अन्तर्गत नाबालिग दुष्कर्म पीडिताको उपचारको क्रममा रायपुरको एक अस्पतालमा गए राति निधन भयो। यस घटनाले परिजर साथै सम्पूर्ण क्षेत्रमा शोकको लहर छाएको छ।
प्राप्त जानकारी अनुसार, सुरजपुर जिल्लाको खडगवां पुलिस थाना क्षेत्र अन्तर्गत एक गाउॅं निवासी 12 वर्षीया नाबालिगको उसकै गाउॅं निवासी एक नाबालिगले दुष्कर्म गरे। पीडिताले दुष्कर्मको बारेमा घर परिवारलाई बताइनन्। तर, 6 जूनमा नाबालिगको स्वास्थ्य बिग्रन थाल्यो र उसलाई अम्बिकापुरको एक अस्पतालमा भर्ती गरियो। अस्पतालमा नाबालिगमाथि दुष्कर्म भएको खुलासा भयो।
परिजनले पुलिस थानामा मामिला दर्ता गराए। खडगवां पुलिसले तत्परता देखाउॅंदै विभिन्न स्थानहरूमा छापा मारेर नाबालिगलाई हिरासतमा लियो। नाबालिगलाई बाल सम्प्रेक्षण गृहमा पठाइएको छ। अर्कोतिर, नाबालिगको स्वास्थ्य बिग्रन थालेपछि उसलाई राजधानी रायपुर रेफर गरियो। अस्पतालमा आठ दिनपछि उपचारको क्रममा उसको मृत्यु भयो। घटनापछि आक्रोशित मानिसहरू आरोपी विरुद्ध कडा कारबाहीको माग गरिरहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल