गान्तोक, 14 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको आज मल्ली निर्वाचन क्षेत्रमा विधानसभा क्षेत्र कार्यकारी परिषदको समन्वय बैठक सम्पन्न भयो। बैठकमा पार्टी अध्यक्ष गणेश कुमार राई, उपाध्यक्ष किरण जिम्बा, सचिव प्रकाश पराजुली, महिला परिषदकी अध्यक्ष बिना शर्मा तथा जिल्ला कार्यकारी परिषदका पदाधिकारीहरू उपस्थित थिए।
बैठकमा बोल्दै अध्यक्ष राईले नवनियुक्त पदाधिकारीहरूलाई बधाई दिए। उनले शक्ति क्षणिक हुन्छ र अहंकारले पतन निम्त्याउँछ भन्दै विश्वास, अनुशासन र धार्मिकताको अन्तत: विजय हुन्छ भनी बताए। उनले आज उपस्थित पार्टी कार्यकर्ताहरूको 2029 को आम चुनाउमा महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।
अध्यक्ष राईले पार्टी कार्यकर्ताहरूलाई समर्पित बन्न जोड दिॅंदै पार्टीले सरकार गठन गरेपछि गरिने कार्यहरूमाथि प्रकाश पारेका थिए। उनले जन सहयोगको महत्वमाथि बोल्दै मल्ली निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ताहरूलाई राज्यका अन्य निर्वाचन क्षेत्र समक्ष उदाहरण प्रस्तुत गर्न आह्वान गरे।
हिन्दुस्थान समाचार / बिशाल