नयाँ दिल्ली, 14 जून (हि.स.)। केन्द्रिय स्वसाथ्य एवं परिवार कल्याण मन्त्री जेपी नड्डाले विश्व रक्तदान दिवस (14 जून) को अवसरमा यो दिवसले हामीलाई रक्तदानको महत्वबारे जागरूकता बढ़ाउनका लागि एकसाथ ल्याउने गरेको बताएका छन्। यसले विश्वभरिमा तिनीहरूको मद्दत गरी लाखौं मानिसको ज्यान बचाउँछ, जसलाई यसको सबैभन्दा अधिक खाँचो छ। फेरिपनि धेरै जना गलत सूचना र डरको कारण हिचकिचाउँछन्। आउनुहोस्, यस दिनको उपयोग मिथकहरूलाई तोड्ने र अधिक मानिसहरूलाई रक्दान गर्नलाई लिएर प्रोत्साहित गर्नुको निम्ति गऱ्यौं।
नड्डाले शनिवार एक्स पोस्टमा भनेका छन्, यस वर्षको थीम 'रक्त दिऔं, आशा दिऔं: साथ मिलेर हामी जीवन बचाऔं' ले हामीलाई स्मरण गराउँछ कि रक्तदान सरल, सुरक्षित हो र यसको धेरै ठूलो प्रभाव हुनसक्छ। एकसाथ मिलेर यस सामाजिक उद्देश्यको निम्ति हामीलाई एकजुट हुनुपर्नेछ र वास्तवमा जीवन बदलिने कुनै चीजको हिस्सा बन्नुपर्छ।
14 जूनमा डा. कार्ल ल्याण्डस्टीनरको जन्मदिन हो र भनिन्छ, यो दिन डा. कार्ललाई समर्पित छ किनभने उनले ब्लड ग्रुप सिस्टम (ए, बी, एबी, ओ) को खोज गरेका थिए, जुन रक्तदान र एकदेखि अन्य व्यक्तिलाई रक्त दिने क्षेत्रमा एक महत्वपूर्ण योगदान हो। उनको यस योगदानको निम्ति 1930 मा कार्ल ल्याण्डस्टीनरलाई नोबेल पुरस्कारले सम्मानित गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी