माउसेस युवा प्रकोष्ठको पहलमा तीन युवा जागरण कार्यक्रम शुरू
माउसेस युवा प्रकोष्ठको पहलमा तीन युवा जागरण कार्यक्रम शुरू


रम्फू, 14 जून (हि.स.)। मानव उत्थान सेवा समिति सिक्किम राज्य युवा प्रकोष्ठद्वारा आयोजित तीन दिवसीय युवाहरूमा विज्ञान जति महत्व अध्यात्मा त्यति नै महत्व विषयमाथि आयोजित युवा जागरण कार्यक्रमको पहिलो दिन रम्फूस्थित समिति आश्रम श्री सुयश सत्संग धाम आश्रमको सत्सङको प्रेक्षागृहमा हिजो सम्पन्न भयो।

कार्यक्रममा रम्फू तहसील युवा प्रकोष्ठ संयोजक विनय बराईलीले यो तीन दिवसीय युवा जागरण कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्यमाथि प्रकाश पारे। यस अवसरमा मानव उत्थान सेवा समितिका राष्ट्रिय सल्लाहकार तथा राष्ट्रिय प्रेरक वक्ता डा. जेपी अग्रवाल मुख्य वक्ताको रूपमा उपस्थित थिए।

आफ्नो सम्बोधनको क्रममा मुख्य वक्ता अग्रवालले केवल विश्वास गर्नाले मानवको जातिको तिर्खा मेटिॅंदैन र विश्वास गर्नाले रोग निको हुँदैन, विश्वास गर्नाले गन्तव्य पूरा हुँदैन, केवल विश्वास मात्र गर्नाले ईश्वर प्राप्त गर्न नसकिने भएकोले यसको निम्ति व्यवहारिकरूपमा अघि आउन पर्ने आग्रह गरे। उनले आज भन्दा पचास वर्षअघि र पचास वर्ष भन्दा पछिको फरक मानिसहरूले देखिसकेको अवगत गराए। आफ्नो आँखाले देखेका सबै कुरा व्यवहारिक हो र यो विज्ञानको देन रहेको बताए।

विज्ञानले सबै बनायो, तर मानवको मनलाई वशमा गर्ने यस्तो कुनै यंत्र बनाएको छैन, मानवको मनलाई केवल अध्यात्म ज्ञानद्वारा मात्र वशमा गर्न सकिने उनले बताए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande