जुम सालघारी निर्वाचन क्षेत्रमा वार्डस्तरीय समिति गठन प्रक्रिया जारी
जुम सालघारी निर्वाचन क्षेत्रमा वार्डस्तरीय समिति गठन प्रक्रिया जारी


गान्तोक, 14 जून (हि.स.)। जूम सालघारी निर्वाचन क्षेत्रका विधायक तथा सल्लाहकार मदन सिञ्चुरीको नेतृत्वमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको वार्डस्तरीय समिति गठन कार्यक्रम निरन्तर रूपमा चलिरहेको छ। कार्यक्रमको छैटौं दिन विधायक सिञ्चुरीको उपस्थितिमा मिडल गेलिङ र बडा सामसिङ वार्डमा वार्ड स्तरीय कमिटी गठन गरिएको छ।

आजको कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, जोरथाङ नगर पञ्चायत अध्यक्ष पवित्र मानव लगायत स्थानीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीद्वारा चयनित वार्डका नवमनोनित समितिका सदस्यहरूलाई क्षेत्र विधायकले खदा लगाएर स्वागत जनाउँदै बधाई दिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष निर्देशनमा वार्ड स्तरीय समिति गठन गर्ने कार्य भइरहेको जनाउँदै नवगठित समितिका पदाधिकारीहरूले वार्ड वार्डमा गएर जनगुनासो सुन्ने र जनताको समस्या समाधान हेतु पहल गर्न आह्वान गरे।

उनले चयनित सदस्यहरूलाई सुम्पिएको जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्न आग्रह गरे। पार्टीलाई युगयुगसम्म बचाई राख्न पार्टी कार्यकर्ताहरूको प्रमुख भुमिका रहने जनाउँदै पार्टीमा निरन्तर काम गरिरहन आह्वान गरे। उनले पार्टीमा निःस्वार्थ भावनाले खटिरहन आग्रह गर्दै गाउँ समाजमा अति आवश्यक्तामा परेकाहरूका हित र कल्याणमा लाग्न आग्रह गरे।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande