मणिपुरमा कोरोनाको 14 नयाँ मामिला, सक्रिय मामिलाहरूको संख्या पुग्यो 33
मणिपुरमा कोरोनाको 14 नयाँ मामिला, सक्रिय मामिलाहरूको संख्या पुग्यो 33


इम्फाल, 18 जून (हि.स.)। मणिपुरमा कोरोनाको मामिला बढ़्दै गइरहेको छ। यहाँ कोभिड-19 को 14 वटा नयाँ मामिला आएको पुष्टि भएको छ। यसबाट मणिपुरमा सक्रिय मामिलाहरूको संख्या बढ़ेर 33 वटा पुगेको छ।

मणिपुरको स्वास्थ्य विभाग अनुसार राज्यमा कोरोनाको सक्रिय मामिलहरूको संख्या 33 भएको छ। यसमा इम्फाल पश्चिमबाट 22 मामिला, इम्फाल पूर्वबाट 6, बिष्णुपुरबाट 4 तथा थौबलबाट एउटा मामिला सामेल छ। यी सबै राज्यको उपत्याका क्षेत्रमा अवस्थित छन्।

स्वास्थ्य विभाग मुताविक राज्यमा यस वर्ष कोरोनाको पहिलो मामिलामा गत 9 जूनमा देखिएको थियो। बिष्णुपुर जिल्लाकी 23 वर्षीय महिलामा लक्षण देखिएपछि त्यसको परीक्षण सकारात्मक थियो। त्यसको नमूना गत 5 जूनमा इम्फालको एक निजी क्लिनिकमा एकत्र गरिएको थियो जसको पुष्टि चार दिनपछि भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande