साहित्य अकादमी पुरस्कार: सुरेन्द्र मोहन दास र सुप्रकाश भुइयांको नाम घोषणा
साहित्य अकादमी पुरस्कार: सुरेन्द्र मोहन दास र सुप्रकाश भुइयांको नाम घोषणा


गुवाहाटी, 18 जून (हि.स.)। साहित्य अकादमीले बुधवार वर्ष 2025 को युवा साहित्य पुरस्कार र बाल साहित्य पुरस्कारको घोषणा गरेको छ। असमिया भाषामा बाल साहित्य पुरस्कार लेखक सुरेन्द्र मोहन दासलाई उनको कृति 'मैनाहंतर पद्य' को निम्ति प्रदान गरिएको छ।

यसरी नै युवा साहित्य पुरस्कारको निम्ति असमिया भाषामा सुप्रकाश भुइयांलाई उनको पुस्तक 'कुंसियानामा' को निम्ति प्रदान गरिएको छ। बोडो भाषामा यो पुरस्कार अमर खुंगुर बोडोलाई उनको काव्य संग्रह 'आंग असुर' को निम्ति प्रदान गरिको छ भने बोडो बाल साहित्य पुरस्कार बिनय कुमार ब्रह्मालाई ‘खान्थि बोसोन आरो आखु दानाय’ को निम्ति प्रदान गरिएको छ।

साहित्य अकादमीले यो वर्ष 23 भाषाका युवा लेखकहरूलाई युवा पुरस्कारले सम्मानित गरेको छ। साहित्य अकादमीको यो पुरस्कार युवा र नवोदित लेखकहरूलाई देशको भाषायी विविधतामा उत्कृष्ट लेखनको निम्ति प्रेरित गर्ने उद्देश्यले हरेक वर्ष प्रदान गरिन्छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande