खरसाङ, 18 जून (हि.स.)। वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको आयोजनामा तीनधारेमा क्यारमबोर्ड प्रतियोगिता हुने भएको छ। गत वर्ष झैं यस वर्ष पनि तीनधारे वरिष्ठ नागारिक कल्याण संगठनको आयोजनामा सिनियर सिटिजन कप तीनधारे महानदी समष्टिस्तरीय क्यारमबोर्ड प्रतियोगिता 2025 आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ।
उक्त प्रतियोगिता यही जून महिनाको अन्तिम सातादेखि शुरू गरेर आगामी 15 अगस्त, 2025 को दिन फाइनल खेल खेलाइने वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेका सचिव सुरेशचन्द्र दर्नालले बताएका छन्। उनले बताए अनुसार, यस प्रतियोगितामा भाग लिन चाहनेहरुले आवेदन पत्रसहित प्रवेश शुल्क एकल प्रतियोगिताको निम्ति दुई सय अनि युगल प्रतियोगिहरूका निम्ति तीन सय रुपियाँ आगामी 20 जूनभित्रमा बुझाई सक्नु पर्नेछ।
तीनधारे-महानदी समष्टि अन्तर्गतका क्यारमबोर्ड खेलप्रेमी सम्पूर्ण ईच्छुक जोशिला युवावर्गलाई उक्त प्रतियोगितामा भाग लिइदिन तीनधारे वरिष्ठ नागारिक कल्याण संगठनले आह्वान् गरेको छ।
हिन्दुस्थान समाचार / हनोक