बाँसबेड़ियाँमा महिलालाई जिउँदै जलाउने चेष्टा
बाँसबेड़ियाँमा महिलालाई जिउँदै जलाउने चेष्टा


हुगली, 18 जून (हि.स.)। हुगली जिल्ला अन्तर्गत बाँसबेड़ियाँको बेलतला बजार क्षेत्रमा दुई दाज्यु-भाइबीच भएको सम्पत्ति विवादको कारणले गए मंगलवार राति भाउज्युलाई कथित रूपमा जिउँदै जलाएर मार्ने चेष्टा गरियो। पीड़ित महिलालाई गम्भीर अवस्थामा चुँचुड़ा इमामबाड़ा अस्पतालमा भर्ती गरिएको छ। पुलिसले आरोपी भाइ र तिनकी पत्नीलाई पक्राउ गरेको छ।

स्थानीय सूत्र अनुसार बितेको मंगलवार राति लगभग 8 बजी मीना देवी चौधरी नामक बुजुर्ग महिला दनदनी आगो बलेको शरीर लिएर बाहिर सड़का आइन्। आगो निभाएपछि उसलाई चुँचुड़ा इमामबाड़ा अस्पतालमा भर्ती गरियो। बुजुर्ग महिलाका पति रामबाबू चौधरीले बताए, घटना भएको समय तिनी पसलमा काम गरिरहेका थिए। स्थानीय मानिसहरूले तिनलाई घटनाको खबर दिए। मीना देवीको प्रायजसो देवर-देउरानीसित झगड़ा भइरहन्थ्यो। आगो कसरी लाग्यो भन्ने बारेमा तिनी बताउन सक्दैनन्।

पीड़िताकी छोरी निशा चौधरीले बताइन्, आन्टीले मेरी आमालाई आगो लगाइदिइन्। जलेपछि मेरी आमालाई अस्पतालमा भर्ती गरेको कुरा तिनले नै बताएकी हुन्। आन्टीले आमासित दिनहुँ झगड़ा गर्थिन्। आरोपी बिन्दु चौधरीले भनिन्, सम्पत्तिलाई लिएर लामो समयदेखिकै विवाद भइरहेको थियो। यसपूर्व पनि मेरी जेठानीले मलाई डर देखाउनको लागि धेरै पटक आत्महत्या गर्ने प्रयास गरिसकेकी छन्। आज पनि उसले आफैमाथि आगो लगाएर बाटोमा निक्लेकी हुन्। हामीले केही गरेका छैनौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande