जलाशयमा पल्टियो बस, महिला यात्रीको मृत्यु
जलाशयमा पल्टियो बस, महिला यात्रीको मृत्यु


झाड़ग्राम, 18 जून (हि. स.)। जिल्लाको गुप्तमणि मन्दिर क्षेत्रमा बुधवार बिहान यात्रीहरूले भरिएको बस अनियन्त्रित भएर जलाशयमा पल्टियो। यस घटनामा एक जना महिला यात्रीको मृत्यु भयो भने चालक सहित 29 जना यात्रीहरू घाइते भए जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

पुलिस सूत्र अनुसार मृत महिलाको नाम बसन्ती महतो जो झाड़ग्राम ग्रामीण ब्लकको गजसिमुल क्षेत्रकी निवासी थिइन्।

प्राप्त जानकारी अनुसार बुधवार बिहान यात्री बस गोपीबल्लवपुरदेखि खड़गपुर गइरहेको थियो। बिहानदेखिकै पानी परिरहेको कारणले सड़क भिजेको थियो। यसै क्रममा गुप्तमणि मन्दिर क्षेत्रमा आइपुगेपछि विपरीत दिशाबाट एउटा मोटर साइकल आइरहेको थियो जसलाई बचाउँदा नियन्त्रण गुमाएर हस सड़क किनार जलाशयमा पल्टियो। दुर्घटना भएको खबर पाउनसाथ स्थानीय मानिसहरू घटनास्थलमा पुगे। पुलिसलाई सूचना दिए। गाउँका मानिसहरूले सबैभन्दा पहिला बचाउ कार्य शुरू गरे।

बसभित्र फसेका यात्रीहरूलाई एक-एकजना गर्दै बाहिर निकाले। यसबीच सूचना पाएर मानिकपाड़ा चौकीको पुलिस घटनास्थलमा पुग्यो। घाइतेहरूलाई झाड़ग्राम मेडिकल कलेज एवं अस्पतालमा पठाइयो। घाइतेहरूमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ। पछि दुर्घटनाग्रस्त बसलाई जलाशयबाट बाहिर निकालियो। दुर्घटनापछि उक्स सड़क मार्गमा जामको स्थिति उत्पन्न भयो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। सम्पूर्ण मामिलाको जाँच पुलिसले गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande