गुवाहाटी, 18 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा बुधवार गुवाहाटी मेडिकल कलेज एवं अस्पताल (जीएमसीएच)-मा पुगे जहाँ उनले पूर्व केन्द्रिय मन्त्री तथा भाजपाकी वरिष्ठ नेता विजया चक्रवर्तीको स्वास्थ्य स्थितिको जायजा लिए।
मुख्यमन्त्रीले अस्पतालमा भर्ती विजया चक्रवर्तीसित भेट गरी उनको अवस्था बारे जानकारी लिए साथै उनलाई शीघ्र स्वास्थ्यलाभ होस् भनी कामना गरे। उनले ट्वीट गरी बताए, विजया चक्रवर्ती सदा जस्तै आत्मबलले भरिपूर्ण थिइन् र उनीसित बातचित गर्दा उनले उत्साह पनि देखाइन्।
डा. सरमाले जीएमसीएचका चिकित्सक एवं अस्पताल प्रशासनलाई निर्देश दिए, उपचारमा कुनै प्रकारको अभाव नहोस्। हरेक आवश्यक सुविधा सुनिश्चित गरियोस् ताकि विजया चक्रवर्ती चाँड़ै स्वस्थ भएर फर्किउन्।
उल्लेखनीय छ, असम प्रदेश भाजपा अध्यक्ष एवं सांसद दिलीप सैकिया तथा असम प्रदेश कंग्रेस अध्यक्ष गौरव गोगोई पनि पूर्व केन्द्रिय मन्त्री चक्रवर्ती सित भेट गर्न केही दिनअघि जीएमसीएचमा पुगेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा