गुवाहाटी, 18 जून (हि.स.)। गुवाहाटी मेडिकल कलेज एण्ड हास्पिटलको अडिटोरियममा बुधवार आयोजित एक समारोहमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले चिकित्सा एवं स्वास्थ्य अधिकारीहरूलाई नियक्ति पत्र प्रदान गरे।
मुख्यमन्त्री डा. सरमाको नेतृत्वमा राज्य सरकारले आफ्नो पारदर्शी एवं योग्यता आधारित भर्ती प्रक्रियालाई जारी राखेको छ। यसै क्रममा आज चार सय चिकित्सा एवं स्वास्थ्य अधिकारीहरूलाई नियुक्ति पत्र सुम्पिइयो। यस अवसरमा स्वास्थ्य मन्त्री अशोक सिंघल सहित सम्बन्धित विभागका केही अधिकारीहरू पनि उपस्थित थिए।
उल्लेखनीय छ, मुख्यमन्त्रीको उपस्थितिमा सुम्पिइएको नियुक्ति पत्र सहित असममा राज्य सरकारका भर्तीहरूको संख्या बढ़ेर 1,20,359 पुगेको छ। मुख्यमन्त्रीले राज्यको सत्ता सत्तामा आएपछि एक लाख नोकरी दिने वाचा गरेका थिए, तर अहिलेसम्ममा डेढ़ लाखभन्दा अधिक नोकरी दिसकिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा