वीरताकी प्रतीक रानी लक्ष्मीबाईलाई मुख्यमन्त्रीको नमन
वीरताकी प्रतीक रानी लक्ष्मीबाईलाई मुख्यमन्त्रीको नमन


गुवाहाटी, 18 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार रानी लक्ष्मीबाईको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जलि अर्पण गरे। उनले सोशल मीडियामा पोस्ट साझा गर्दै भने, नारी शक्तिकी अमर प्रतीक, वीरताकी जीवन्त परिभाषा ~झाँसीकी रानी लक्ष्मीबाईलाई उनको बलिदान दिवसमा शत्-शत् नमन। उनको तरवारले इतिहास होइन, भावी पिँढ़ीको हौसला गढ़ेको छ।

मुख्यमन्त्रीले भने, रानी लक्ष्मीबाईले छाड़ेर गएकी वीरताको विरासत आज प्रत्येक भारतीय नारीको आत्मबल अनि स्वाभिमानमा जीवित छ। उनको बलिदान तथा वीरताले देशका छोरीहरूलाई प्रेरणा दिन्छ।

उल्लेखनीय छ, 18 जून, 1858-मा झाँसीकी रानी लक्ष्मीबाईले ब्रिटिश सेनासित वीरता पूर्वक लड़्दै बलिदान दिएकी थिइन्। उनको योगदान भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा स्वर्ण अक्षरहरूमा अंकित छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande