कंग्रेसले दशकौंसम्म ओबीसी समाजलाई भोटब्यांक मात्र ठान्योः केशव प्रसाद मौर्य
कंग्रेसले दशकौंसम्म ओबीसी समाजलाई भोटब्यांक मात्र ठान्योः केशव प्रसाद मौर्य


लखनऊ,18 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता एवं उत्तर प्रदेशका उप-मुख्यमन्त्री केशव प्रसाद मौर्यले कंग्रेस पार्टीमाथि पछौटे वर्गको विरोधी रहेको आरोप लगाएका छन्।

केशव प्रसाद मौर्यले आफ्नो सोशल मीडिया एकाउण्ट एक्समा बुधवार लेखेका छन्, कंग्रेसले दशकौंसम्म ओबीसी समाजलाई भोट ब्यांक मात्र ठान्यो, कहिले हक दिएन। मोदी सरकारले ती सबै गऱ्यो जसको प्रतीक्षा स्वतन्त्रा भएदेखि नै गरिएको थियो- जातिगत जनगणना, ओबीसी आयोगलाई संवैधानिक दर्जा, नीट सहित सबै क्षेत्रहरूमा ओबीसी आरक्षणको ठोस लाभ। आज मोदी फोबियाबाट ग्रस्त ढोंगीहरूको वास्तविकता उजागार भएको छ। पछौटे वर्गका मानिसहरूलाई पनि थाहा भइसकेको छ कि पछौटे वर्गको विरोधी कंग्रेस वा राहुल गान्धी, सपा बहादुर अखिलेश यादव, राजद एण्ड कम्पनी एउटा धोका मात्र हो। अर्कोतिर प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपामाथि देशलाई भरोसा छ। विकसित भारत, शिक्षित भारत, गरीब हुनेछन् धनी, परिवर्तन भइरहेको छ देशको तस्वीर।

उनले लेखे, गुण्डाराज, परिवारवाद औ भ्रष्टाचारको विरासत अब सिद्धिनेछ। सपा सरकार वा अखिलेश यादव मुख्मन्त्री रहँदै भाजपा कार्यकर्ताहरूले जनताको आशीर्वादबाट वर्ष 2014-मा 73 जना सांसद अनि वर्ष 2017-मा 325 जना विधायकलाई जिताएर इतिहास रचेका थिए। उनीहरूको हातमा सत्ता हुँदा नै जनताले भाजपालाई शिरोपरमा राखे भने अब सबै कुरा थाहा पाएपछि आगामी वर्ष 2027-मा झन् जनताको आशीर्वादबाट भाजपा कार्यकर्ताहरूले ‘सपा’-लाई ‘समाप्तवादी पार्टी’ बनाइदिनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande