शिलंगको राजमार्गमा अवैध डम्पिंगमाथि रोक लगाइयो
शिलंगको राजमार्गमा अवैध डम्पिंगमाथि रोक लगाइयो


शिलंग (मेघालय), 18 जून (हि.स.)। पूर्वी खासी हिल्सका जिल्ला म्याजिस्ट्रेटले भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस)- को धारा 163 अन्तर्गत प्रमुख राजमार्गमा माटो, अवशेष तथा मैला-कुचैलाहरूको डम्पिंगमाथि रोक लगाइदिएको छ। यो आदेश रिलबोंग जंक्शनदेखि लिएर माथिल्लो शिलंग अनि शिलंग-गुवाहाटी राष्ट्रिय राजमार्गसम्मका क्षेत्रहरूमा लागू गरिएको छ।

वास्तवमा जिल्ला प्रशासनको यो आदेश रिलबोंग प्वोइन्ट नजिक उमशिरपीमा अनधिकृत अपशिष्ट तह लगाएको रिपोर्ट प्राप्त भएपछि जारी गरिएको हो जसले सार्वजनिक स्वास्थ्य एवं राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल)- द्वारा संचालित आधारभूत ढाँचाको काममा बाधा उत्पन्न हुने चिन्तालाई बढ़ाइदिएको छ।

सम्बन्धित विभागीय अधिकारीहरूले चेताउनी दिएका छन्, यो आदेशलाई उल्लंघन गर्नेहरू विरूद्ध भारतीय न्याय संहिता (बीएनएस)- को धारा 223 अन्तर्गत मुद्दा दर्ता गरिनेछ। यो आदेश तुरून्त लागू भएको छ र आगामी आदेश नआउञ्जेलसम्म प्रभावी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande