हावड़ा, 18 जून (हि.स.)। हावड़ामा 40 लाख रुपियाँको निवेश घोटालाको खुलासा गर्दै पुलिसले दुई जना आरोपीहरूलाई पक्राउ गरेको छ। हावड़ा पुलिस कमिश्नर प्रवीण त्रिपाठीले बुधवार बिहान बयान जारी गरी यस आशयको जानकारी गराए।
पुलिस अनुसार हावड़ा निवासी 48 वर्षीय एक जना व्यक्तिले गत 26 मईमा सिकायत दर्ता गराएका थिए जसमा भनिएको थियो, उसलाई व्हाट्सएपको माध्यमबाट निवेश गर्ने प्रलोभन देखाएर ठगियो। पीड़ितले तीन किस्तामा एचडीएफसी ब्यांक खाताबाट 40 लाख रुपियाँ निवेश गरेका थिए। शुरूमा तिनलाई मुनाफा हुने लोभ देखायो, तर पछि तिनलाई आफ्नै पैसा निकाल्ने नाममा अतिरिक्त पैसा जमा गराउनको लागि बाध्य बनायो।
यस मामिलाको अनुसन्धान गर्ने क्रममा पुलिसले दुई जना मानिसहरूलाई पक्राउ गरेको छ। दक्षिण 24 परगना निवासी 52 वर्षीय समीर सरदारलाई पाँच लाख रुपियाको धोकाधड़ी मामिलामा द्वितीय स्तरको लाभार्थीको रूपमा पक्राउ गरियो भने कोलकाताको नारकेलडांगा क्षेत्र निवासी 35 वर्षीय साजिद अलीलाई नक्कली खाताहरूको व्यवस्था अनि संग्रहण गरेको आरोपमा पक्राउ गरियो।
पुलिसले यस मामिलामा भारतीय न्याय संहिता (बीएनएस)-को धारा 319(2), 318(4), 316(2) औ 61(2)अन्तर्गत मामिला दर्ता गरेको छ। हाल जाँच एजेन्सी यस सम्पूर्ण ऱ्याकेटको नेटवर्क पत्तो लगाउन जुटेको छ। पुलिसले आशंका व्यक्त गरेको छ, यसको पछाड़ि एक संगठित गिरोह सक्रिय हुनसक्छ जसले डिजीटल माध्यमबाट सिधा-सोझा निवेशकहरूलाई लक्षित गरिरहेको छ।
पुलिस कमिश्नर प्रवीण त्रिपाठीले भने, चाँड़ै नै यस घोटालासित सम्बन्धित अन्य मानिसहरूलाई पनि चिन्हित गरी पक्राउ गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा