नयाँ दिल्ली, 18 जून (हि.स.)। दिल्लीका मेयर राजा इकबाल सिंहले बुधवार शाहदरा उत्तरी क्षेत्रका अधिकारीहरूसित बैठक गरी डी-सिल्टिं कार्यहरूको समीक्षा गरे। उनले अधिकारीहरूलाई निर्देश दिए, वर्षाको मौसमपूर्व सबै नालीहरूको सफाई होस् ताकि कुनै पनि क्षेत्रमा जलजमाउ नहोस्।
मेयर राजा इकबाल सिंहले भने, शाहदरा उत्तरी क्षेत्रमा डी-सिल्टिंगको काम प्राथमिकताको रूपमा हुनुपर्छ। उनले जलभराउ, अतिक्रमण, पार्कहरूको व्यवस्था तथा हाइमास्क लाइट आदिको बारेमा पनि चर्चा गर्दै सम्बन्धित अधिकारीहरूलाई आवश्यक दिशानिर्देश दिए। सिंहले भने, सबै अधिकारीहरूले नियमित रूपमा निरीक्षण गरून् अनि यो सुनिश्चित गरून् कि काम गुणस्तरीय रूपमा भइरहेको छ कि छैन। उनले भने, दिल्लीमा मनसुनको आगमन लगभग भइसकेको छ। त्यसैले सबैले मिलेर प्रयास गर्नुपर्छ ताकि जलभराउ नहोस्। उनले निर्देश दिए, पानी भरिने स्थानहरूलाई चिन्हित गरियोस्। प्रत्येक स्थानमा एक जना नोडल अफिसर बनाइयोस् जसबाट जवाफदेही सुनिश्चित गर्न सकियोस्। उनले अधिकारीहरूलाई यो निर्देश पनि दिए, उनीहरूले स्थानीय मानिसहरूलाई पनि यस कार्यमा सामेल गरून् अनि सबैलाई आ-आफ्नो क्षेत्रको नालीहरूको सफाईको लागि जागरूक बनाउन्।
बैठकमा उपायुक्तले मेयरलाई डी-सिल्टिंग कार्यहरूको प्रगतिको बारेमा जानकारी दिए। उनले बताए, शाहदरा उत्तरी क्षेत्रमा 90 प्रतिशत सिल्ट साइटसम्म पुगिसकेको छ, तर समस्या एसएलएफसम्म पुग्ने हो, किनभने यस कार्यको लागि 12 वटा मात्र ट्रकले काम गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा