-नैतिक पत्रकारिता तथा सांस्कृतिक पुनर्जागरणको आह्वान
इम्फाल, 18 जून (हि.स.)। मणिपुरको इम्फाल पश्चिमस्थित भास्कर प्रभा, कोंजेंग लैकाईमा देवर्षि नारद जयन्तीको पवित्र गुञ्ज गुञ्जियो जतिबेला बुद्धिजीवि, पत्रकार तथा सांस्कृतिक विचारकहरूले सत्यका प्रथम सम्प्रेषक देवर्षि नारदको जीवन अनि विरासतलाई स्मरण गर्दै उनलाई श्रद्धाञ्जलि अर्पण गरे।
विश्व सम्वाद केन्द्र (विसंके), मणिपुरद्वारा गए मंगलवार साँझ आयोजित यस कार्यक्रममा एकातिर नारद मुनिलाई स्मरण गरियो भने अर्कोतिर मीडिया जगतलाई नैतिक मूल्य तथा राष्ट्रहितमाथि आधारित सेवाको भावना सहित पत्रकारितालाई पुनः अप्नाउने अह्वान गरियो।
प्रज्ञा प्रवाहका राष्ट्रिय संयोजक एवं केसरी साप्ताहिकका पूर्व मुख्य सम्पादक जे. नन्दकुमार यस अवसरमा मुख्य वक्ताका रूपमा उपस्थित थिए। आफ्नो सम्बोधनमा उनले शब्दहरूको पवित्रता तथा त्यसको गहिरो अर्थमाथि प्रकाश पार्द भने, “पत्रकार शब्दहरूका संरक्षक हुन्छन्, शब्दहरूको सही अर्थले ब्रह्माण्डलाई प्रकाश दिन्छ र त्यहीँ नै ज्ञान हो।”
भारतमा पत्रकारिताको विकासमाथि विचार व्यक्त गर्दै नन्दकुमारले यो सेवादेखि व्यापारमा परिणत भएकोमा अफसोस व्यक्त गरे।
उनले भने, “स्वतन्त्रता-पूर्व कालमा पत्रकारिता समाज र मानवताको सेवा थियो भने आज यो व्यवसायिक हितहरूबाट प्रेरित भएको छ। समाचार अब मात्र कथा भएर बिक्री भइरहेको छ, जिम्मेवारी ठानेर निर्वाह गरिरहेको छैन।”
उनले देवर्षि नारदको शाश्वत प्रासंगिकतालाई रेखांकित गर्दै उनलाई सत्य अनि निर्भीक प्रचारकको रूपमा स्मरण गरे। उनले भने, “नारद केवल पौराणिक पात्र होइनन् जबकि पत्रकारिताका आदर्श पनि हुन्, तीनै लोकमा सत्य अनि ज्ञानलाई निडरताले पुऱ्याउने संचारक।”
यस अवसरमा पोखनाफमका सम्पादक अरिबम रबिन्द्रो शर्मा जो कार्यक्रमका मुख्य अतिथि थिए,-ले पनि युवा अनि पत्रकारहरूसित आग्रह गरे, उनीहरू सत्य, नैतिकता तथा राष्ट्रिय मूल्यहरूप्रति प्रतिबद्ध रहुन् विशेष आजको चुनौतीपूर्ण मीडिया परिदृश्यमा।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा