कोलकाता, 18 जून (हि.स.)। राज्यमा नवौं र दशौं कक्षाका लागि विषयगत शिक्षकहरूको नियुक्ति प्रक्रिया शुरू भएको पहिलो दिन अऩलाइन आवेदनमा व्यापक उत्साह देख्न पाइयो। गत सोमवार राति 10 बजीदेखि शुरू भएको अनलाइन आवेदन प्रक्रिया अन्तर्गत गए मंगलवार साँझ 6 बजीसम्ममा 10 हजारभन्दा अधिक उम्मेद्वारहरूले आवेदन दर्ता गराएका छन्। सो जानकारी पश्चिम बंगाल स्कूल सर्भिस कमिशन (एसएससी)-का एकजना अधिकारीले बुधवार बिहान दिएका हुन्।
शिक्षामन्त्री ब्रत्य बसुले नियुक्ति प्रक्रियामा सामेल हुनका लागि सबै योग्य अनि पूर्ववर्ती बर्खास्त शिक्षकहरूसित आवेदन गर्नको लागि अपील गरेका थिए। उनले स्पष्ट पारे, “यो नियुक्ति सुप्रीम कोर्टको निर्देशानुसार भइरहेको छ। यदि कुनै पनि उम्मेद्वार फेरि सुप्रीम कोर्टमा जान चाहन्छन् भने उनीहरू स्वतन्त्र छन्।”
सूत्र अनुसार राज्यको शिक्षा विभागले एसएससीलाई 23 हजारभन्दा अधिक रिक्त पदहरूको सूची सुम्पिएको छ जसमा सबैभन्दा अधिक रिक्त पद भौतिक विज्ञान (4,352 पद) औ गणित (3,901 पद)-मा छ। यसै आधारमा आयोले नियुक्तिको प्रक्रियालाई तीव्रता दिएको छ।
सुप्रीम कोर्टको आदेश अनुरूप बर्खास्त शिक्षकहरूलाई नयाँ परीक्षामा बस्न अनिवार्य गरिएको छ। अधिकांश शिक्षकहरू यस परीक्षामा सामेल हुन तयार छन् र उनीहरूले आवेदन पनि गरिरहेका छन् भने कतिपय शिक्षकहरूले अहिले पनि विरोध गरिरहेका छन् र परीक्षामा बस्न पनि अस्वीकार गरिरहेका छन्।
यसबीच गत बिहीवार रातिदेखि कोलकाताको सेन्ट्रल पार्कमा दश जना शिक्षक-शिक्षिकाहरू अनशनमा बसेका थिए। यिनीहरूमध्ये कतिपयको स्वास्थ्य बिग्रिएपछि मंगलवार थप छह जना नयाँ शिक्षक-शिक्षिकाहरू अनशनमा बसेका छन् जसमा एक जना दृष्टिहीण शिक्षक पनि सामेल छन्।
यसै अवधि गत मंगलवार कलकत्ता हाई कोर्टले राज्य सरकारद्वारा हालैमा जारी ओबीसी आरक्षणको नयाँ सूचीलाई स्थगित गरिदियो। यस निर्णयले शिक्षक नियुक्ति प्रक्रियामा कस्तो प्रभाव पार्ने हो यस बारेमा एसएससीले कुनै टिप्पणी गर्नदेखि अस्वीकार गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा