नयाँ दिल्ली, 18 जून (हि.स.)। मध्य जिल्लाको साइबर थाना पुलिस टीमले एक अनलाइन जाली शैक्षणिक डिग्री ऱ्याकेटको खुलासा गर्दै दुई जना आरोपीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूबाट सयकड़ौं जाली डिग्री, चारवटा मोबाइल फोन र सातवटा सिम कार्ट जफत गरिएको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान हरियाणा निवासी कपिल (32) र आनन्द विहार निवासी दामिनी शर्मा (33)-को रूपमा भएको छ।
मध्य जिल्लाका डीसीपी निधिन वलसनले बुधवार बताए, सिकायतकर्ता एक आईटी कम्पनीमा विगत 6-7 वर्षदेखिको कन्ट्र्याक्टमा कार्यरत थिए जसले स्थायी नोकरी पाउनेवाला थिए। तर उसित मार्कशिट मात्र थियो डिग्री थिएऩ। विश्वविद्यालयबाट डिग्री प्राप्त नभएपछि उसले आफ्नो म्यानेजरसित सम्पर्क गऱ्यो जसले उसलाई कपिल नामक व्यक्तिसित सम्पर्क गर्न भने। कपिलले डिग्री पुनः जारी गराउने बहानामा 25-30 हजार रुपियाँको माग गरे अनि बिस्तारै विभिन्न बहाना बनाएर1,55,874रुपियाँ ठगे। कपिलले सिकायतकर्तालाई मानव भारती विश्वविद्यालयको एउजा जाली बीए डिग्री पठाइदियो जुन न त हस्ताक्षरित थियो न त मान्य। उक्त डिग्रीलाई कम्पनीले खारेज गरिदिएपछि यसै वर्षको गत 20 मार्चमा कपिलले सिकायतकर्तालाई ब्लक गरिदिए। पीड़ितले मामिलाको सूचना पुलिसलाई दिए। पुलिसले ममिला दर्ता गरी जाँच शुरू गऱ्यो। पुलिस टीमले तकनिकी निगरानीको माध्यमबाट कपिललाई हरियाणाको भिवानी जिल्लाको बोहल गाउँबाट पक्राउ गऱ्यो। जाँचबुझमा उसले सम्पूर्ण मामिलाको खुलासा गर्दै डिग्री बनाउने श्रोत दिल्लीकी महिला दामिनी शर्मा रहेको बताए।
पुलिसले आरोपी बताए अनुरूप दिल्लीको कड़ककड़्डुमा क्षेत्रबाट दामिनी शर्मालाई पक्राउ गऱ्यो। उसको कब्जाबाट तीन वटा मोबाइल फोन, पाँचवटा सिम कार्ड जफत गऱ्यो। मोबाइल फोनको जाँच गर्दा सयकड़ौं जाली डिग्रीहरू भेटिएको छ जुन विभिन्न विश्वविद्यालय, कलेज एवं बोर्डहरूको नाममा छ। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा