प्रेसिडेन्सी यूनिभर्सिटीको खरसाङ क्याम्पस चाँड़ै संचालनमा आउने, शोध एवं विज्ञान आधारित पाठ्यक्रममाथि बल दिइनेछ
प्रेसिडेन्सी यूनिभर्सिटीको खरसाङ क्याम्पस चाँड़ै संचालनमा आउने, शोध एवं विज्ञान आधारित पाठ्यक्रममाथि बल दिइनेछ


कोलकाता, 17 जून (हि.स.)। पश्चिम बंगालको दार्जीलिङ जिल्ला अधिनस्थ खरसाङमा प्रेसिडेन्सी यूनिभर्सिटीको नँया परिसर आगामी एक वर्षभित्रमा शुरू हुनसक्छ। विश्वविद्यालयका एकजना वरिष्ठ अधिकारीले बुधवार बिहान बताए, यो प्रस्तावित परिसर राज्य क्याबिनेटको स्वीकृतिको अधिनमा छ। तर यसलाई शीघ्रै संचालनमा ल्याउने सम्भावना छ।

राज्य सरकारद्वारा संचालित प्रेसिडेन्सी यूनिभर्सिटीको यो तेस्रो परिसर हुनेछ जसको उदेश्य उच्च स्तरीय शोध, विशेषीकृत कार्यक्रम औ अन्तर्विषयक (इन्टरडिसिप्लिनरी) शिक्षालाई प्रेरित गर्नु हो। विश्वविद्यालय अनुसार यो नयाँ केन्द्र हिमाली तथा उत्तर बंगालका समतल क्षेत्रहरूमा उच्च शिक्षा अनि अनुसन्धानको एक प्रमुख केन्द्र बन्नेछ।

यस परिसरमा एस्ट्रोफिजिक्स, बायोटेक्नोलजी, जलवायु परिवर्तन तथा अन्य प्राकृतिक विज्ञानहरूमा अध्ययन एवं शोधको सुविधा उपलब्ध गराइनेछ। अधिकारीले बताए, पाठ्यक्रमहरूको रूपरेखा आधुनिक वैज्ञानिक आवश्यकता अनि अन्तर्राष्ट्रिय शोध मानदण्डहरूलाई ध्यानमा राखेर तयार गरिँदैछ।

क्याम्पसको निर्माण कार्य खरसाङको हरियाली पहाड़मा द्रूत गतिमा भइरहेको छ। यसको साथै यो पनि बताइयो, हाल विश्वविद्यालयको मुख्य परिसर कोलकाताको कलेज स्ट्रीट क्षेत्रमा अवस्थित छ भने दोस्रो परिसर न्यू टाउनको स्याटलाइट टाउनशिपमा अवस्थित छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande