उपद्रवीहरूको विरोधमा प्रदर्शन, ईस्टर्न बाइपास क्षेत्र तातियो
उपद्रवीहरूको विरोधमा प्रदर्शन, ईस्टर्न बाइपास क्षेत्र तातियो


सिलगढ़ी, 18 जून (हि. स.)। उपद्रवीहरूको हिंसाको विरोधमा सिलगढ़ी संलग्न ईस्टर्न बाइपास क्षेत्रको माहोल बुधवार तातियो। स्थानीय मानिसहरूले पुलिसको भूमिकामाथि प्रश्न उठाउँदै क्षेत्रमा बन्द डाकेका छन्। ईस्टर्न बाइपासको भीआईपी मोड़ क्षेत्रमा बिहानदेखिकै पसलहरूलाई बन्द राखियो। स्थानीय मानिसहरूले बिहान 10 बजीदेखि नै सड़क जाम गर्न शुरू गरे जसले गर्दा अपरान्हसम्म सड़क जामको स्थिति उत्पन्न भयो। भाजपा अनि तृणमूल कंग्रेस दुवै पार्टीका नेता तथा कार्यकर्ताहरूले सड़क जाम गर्ने स्थानीय मानिसहरूलाई समर्थन गरिरहेको देखियो। सिलगढ़ीका मेयर गौतम देव पनि घटनास्थलमा पुगे जहाँ उनले मानिसहरूसित बातचित गरे। घटनाको सूचना पाउनसाथ भक्तिनगर थानाको पुलिस दलबल सहित घटनास्थलमा पुग्यो।

मेयर गौतम देवले भने, क्षेत्रमा कुनै पनि प्रकारको गुण्डागिरीलाई सहन गरिनेछैन। पुलिसलाई कड़ा कारबाही गर्ने निर्देश दिइएको छ।

उल्लेखनीय छ, बितेको मंगलवार केही उपद्रवीहरूले कथित रूपमा एक जना स्थानीय व्यवसायी तथा उसको परिवारमाथि हमला गरेका थिए। व्यवसायीको परिवारलाई बन्दुक देखाएर धम्काइएको थियो। आरोप छ, उपद्रवीहरूको यो गिरोहले विगत लामो समयदेखिकै क्षेत्रमा उत्पात मच्चाउँदै आइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande