कोलकाता एयरपोर्टलाई धम्कीपूर्ण ई-मेल
कोलकाता एयरपोर्टलाई धम्कीपूर्ण ई-मेल


कोलकाता, 18 जून (हि.स.)। भारतमा विमान परिचालनसित सम्बन्धित समस्याहरू लगातार बढ़्दै गइरहेका छन्। गत 12 जूनमा अहमदाबाददेखि लण्डन गइरहेको एयर इण्डियाको उड़ान तकनिकी खराबीको कारणले फर्किेएको घटनापछि अब दुई अलग-अलग बम विस्फोटको धम्कीले सुरक्षा एजेन्सीहरूको कान ठाड़ो बनाइदिएको छ।

एकातिर कोच्चीदेखि दिल्ली गइरहेको इण्डिगोको फ्लाइटलाई पाइलटले नागपुरमा इमरजेन्सी ल्याण्ड गराए भने अर्कोतिर गए मंगलवार साँझ कोलकाता एयरपोर्टको पब्लिक ग्रीवांस अफिसको मेल आईडीमा एक धम्कीपूर्ण ई-मेल प्राप्त भयो जसमा भनिएको छ, टर्मिनलको एक रेस्ट रूमको पाइपलाइनभित्र बम राखिएको छ जुन कुनै पनि समय विस्फोट हुनसक्छ।

ई-मेलमा दाबी गरियो, यो विस्फोट 26/11 मुम्बई हमलाका दोषी अजमल कसाबलाई फाँसी दिइएको र तमिल आतंकवादी संगठन एलटीटीई प्रमुख प्रभाकरणका समर्थक ए. शंकरलाई पक्राउ गरिएको विरोधमा गरिनेछ।

एक जना अधिकारीले बुधवार बिहान बताए, कोलकाता एयरपोर्टलाई उक्त धम्कीपूर्ण मेल ‘अलेक्ज पल मेनन’ नामक एक व्यक्तिको मेल आईडीबाट पठाइएको छ। मेल प्राप्त भएपछि सीआईएसएफले टर्मिनलको हरेक कुना, डिपार्चर एरिया, स्टाफ एन्ट्री गेट औ कार्गो ज़ोनमा व्यापक खोजी अभियान संचालन गऱ्यो। सुरक्षा व्यवस्थालाई अझ कड़ा बनाउँदै बोर्डिंगपूर्व यात्रुहरूको सामानको ऱ्याण्डमा जाँचलाई 20 प्रतिशत बढाइयो।

यस अतिरिक्त विमानपत्तन बाहिर पनि बिधाननगर पुलिसले सुरक्षा जाँचलाई कड़ा बनायो। बिधान नगर पुलिस कमिश्नरेटका वरिष्ठ अधिकारी अनुसार कैयौं घण्टासम्म जाँच गरिए पनि कुनै प्रकारको संदिग्ध वस्तु फेला परेन। हाल त्यस आईपी एड्रेसको बारेमा पत्तो लगाइँदैछ जसबाट मले पठाइएको थियो।

दुवै घटनामा आपत्तिजनक त्यस्तो केही पनि भेटिएको छैन। तर सुरक्षा एजेन्सीहरू सतर्क छन् र मामिलाको गम्भीर रूपमा जाँच गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande