चुराचाँदपुरमा 6.5 किलोग्राम अफिम सहित युवक पक्राउ
चुराचाँदपुरमा 6.5 किलोग्राम अफिम सहित युवक पक्राउ


इम्फाल, 18 जून (हि.स.)। दक्षिणी मणिपुरमा संचालित एक संयुक्त अभियान अवधि पुलिसले 20 वर्षीय युवकलाई पक्राउ गरेको छ। पुलिसले आरोपी युवकबाट 6.5 किलोग्राम अफिम जफत गरेको छ।

मादक पदार्थ तस्करीको नेटवर्क बारे प्राप्त विश्वसनीय सूचनाको आधारमा कारबाही गर्दा असम राइफल्सल, चुराचाँदपुर जिल्ला पुलिस अनि मणिपुर पुलिसको मादक पदार्थ निरोधक प्रकोष्ठको एक संयुक्त टीमले बितेको 24 घण्टाभित्रमा एक लक्षित अभियान शुरू गऱ्यो। अभियानको समापन चुराचाँदपुर जिल्लाको भारत-म्यान्मार सीमा नजिकै अवस्थित सोंगकोंग कुकीमा गाउँकै युवक मंगमिनलियन सुआंतकको पक्राउबाट गरियो।

सुआंतकलाई चुराचाँदपुर पुलिस स्टेशनको अधिकार क्षेत्रमा भारतीय खाद्य निगम (एफसीआई)-को गोदाम नजिकैबाट पक्राउ गरिएको हो। जाँच गर्दा अधिकारीहरूले उसको कब्जाबाट 6.5 किलोग्राम संदिग्ध अफिम, एउटा दुईचक्के वाहन र एउटा मोबाइ फोन जफत गरे।

पुलिस सूत्र अनुसार सुआंतकले प्रारम्भिक जाँचबुझमा स्वीकार गऱ्यो कि उसले सीमावर्ती क्षेत्रहरूमा सक्रिय सम्पर्कहरूको माध्यमबाट नशालु पदार्थ किनेर त्यसलाई मणिपुरको उत्तर-पश्चिमी क्षेत्रका ग्राहकहरूलाई आपूर्ति गऱ्यो। अफिमलाई कथित रूपमा उसको मोटर साइकलभित्र विशेष रूपमा डिजाइन गरिएको गुप्त डब्बामा लुकाएर राखिएको थियो। अग्रिम जाँचको लागि आरोपीलाई पुलिसकहाँ सुम्पिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande