-भत्किएको पुलको बिटमा फस्यो वाहन, राहत अनि बचाउ कार्यमा जुट्यो एसडीआरएफ
कछार (असम), 18 जून (हि.स.)। असमको कछार जिल्लामा हालैमा मरम्मत गरिएको एउटा पुल बुधवार बिहान भत्कियो। यसबाट भांगरपारमा सिलचर-कलाइन राष्ट्रिय राजमार्ग राज्यका केही महत्वपूर्ण मार्गहरूदेखि विच्छिन्न भएको छ। पुल झरेको यस घटनाले बराक उपत्याकाको सम्पर्क अन्य क्षेत्रसित काटिएको छ। छिमेकी राज्य त्रिपुरा र मिजोरम राज्यसित पनि सम्पर्क प्रभावित भएको छ।
यो पुल रंग नदीमाथि निर्माण भएको थियो। मरम्मत कार्यपछि खोलिएको एक साताभित्रै पुल आज फेरि भत्कियो। यस पुलको मरम्मत कार्यमा 1.37 करोड़ रुपियाँ खर्च भएको बताइन्छ।
पुल भत्किएको कारणले ढुङ्गा लादिएका दुईवटा ट्रक नदीमा झरे, तर कुनै प्रकारको ज्याहानि भएको समाचार भने प्राप्त भएको छैन। पुल यस्तो समयमा भत्किएको छ जतिबेला बदरपुर घाटमा ग्यामन ब्रिज तथा अन्य सम्पर्क जसको वर्तमानमा नवीनीकरणको कार्य भइरहेको छ। यसले गर्दा अब यात्री एवं ट्रान्सपोर्टर्हरूसित आवागमनको थोरै विकल्प मात्र बचेको छ।
कछार जिल्लाका आयुक्त मृदुल यादव औ पुलिस अधीक्षक नुमल महत्ता स्थितिको जायजा लिनका लागि तुरून्त घटनास्थलमा पुगे। एसपी महत्ताले भने, राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ)-ले पुलिस भत्किएको तुरून्तै बचाउ अनि राहत अभियान शुरू गरेको छ। उनले बताए, स-साना वाहनहरूको लागि अस्थायी रूपमा आवागमन गर्न नजिकैको एउटा सड़कको पहिचान गरिएको छ। तर समग्र सड़क सम्पर्क गम्भीर रूपमा प्रभावित भएको छ।
यो पुलले सिलचर-कलाइन मार्गको अस्थायी जीवन रेखाको रूपमा काम गरिरहेको थियो भने एचएच-6 मा मुख्य कटिगोरा ग्यामन ब्रिज बन्द छ। अब दुवै बन्द भएपछि यो क्षेत्र असमका अन्य क्षेत्रबाट लगभग विच्छिन्न बन्न पुगेको छ जसले गर्दा मानिसहरूको आक्रोश र चिन्ता बढ़िरहेको छ।
स्थानीय मानिसहरूले गहिरो निराशा अनि आक्रोश व्यक्त गर्दै अधिकारी अनि ठेकादारहरूलाई मरम्मत कार्यमा निम्न गुणस्तरीय साम्री प्रयोग गरिएको आरोप लगाए। उनीहरूले दाबी गरे, आम जनताले यसको विरोध गर्दा अधिकारी तथा ठेकादारहरूले किनाराकृत गर्दै डर देखाउने साथै धम्की दिने काम गरे।
यसबीच बोरखोलाका विधायक मिस्बाहुल इस्लाम लस्करले पुल ढलेको स्थानको दौड़ाह गरी जिम्मेवार एजेन्सीको चर्को आलोचना गरे। यस घटनालाई उनले घोर लापरवाही अनि गुणस्तर नियन्त्रणको अभावको परिणाम बताए। उनले भने, भर्खरै मात्र मरम्मत गरिएको पुल अचानक कसरी भत्किनसक्छ? यो जवाफदेहीको स्पष्ट विफलता हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा