संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ
संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ


गान्तोक, 18 जून (हि.स.)। सदर पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम दिपक राई उर्फ सोक्पे बताइएको छ। 36 वर्षीय आरोपी राजधानी निवासी हुन्।

पुलिस रिपोर्ट अनुसार, गत सोमवार सदर थानाको एक पुलिस टीमले राजधानीको लाल बजारबाट दिपक राई उर्फ सोक्पेलाई पक्राउ गऱ्यो। कानूनी प्रोटोकलहरू अन्तर्गत स्वतन्त्र साक्षीहरू र मजिस्ट्रेटको उपस्थितिमा संदिग्ध व्यक्तिको छानबिन गरियो। यस क्रममा उनको देब्रे शर्टको गोजीबाट 12.91 ग्राम संदिग्ध ब्राउन शुगर भेटियो। पुलिसले उनको पर्स र एउटा मोबाइल फोन पनि जफत गरेको छ।

पक्रा परेका आरोपी व्यक्ति विरुद्ध पुलिसले एनडीपीएस एक्ट, 1985 अन्तर्गत मामिला दर्ता गरेर कानूनी कारबाहीलाई अगाडि बढाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande