कोलकाता, 18 जून (हि.स.)। जियो हटस्टारमा स्ट्रीमिङ भइरहेको फिल्म केसरी च्याप्टर 2 विरूद्ध बिधाननगर पुलिस स्टेशनमा एफआईआर दर्ता गराइएको छ, जसमा इतिहासलाई बङ्ग्याएर पेश गरिएको आरोप लगाइएको छ।
बिधाननगर दक्षिण क्षेत्र निवासी रंजीत बिश्वासले शिकायत गर्दै दाबी गरे, फिल्ममा मुजफ्फरपुर षड़यन्त्र मामिलासित सम्बन्धित एक कोर्ट रूमको दृश्यमा क्रान्तिकारी खुदीराम बोस र बरिन्द्र कुमार घोषलाई गलत तरीकाले चित्रित गरिएको छ। उनको नाम बदली गरेर खुदीराम सिंह र बीरेन्द्र कुमार गरिएको छ। उनले तर्क दिए, यो गलत चित्रणले बंगालका स्वतन्त्रता सेनानीहरू, विशेष गरी खुदीराम बोस, जसलाई फांसी दिइएको थियो र प्रफुल्ल चाकी, जसले आत्महत्या गरेका थिए, उनीहरूको अपमान गर्दछ।
बिश्वासले तर्क दिए कि यी अशुद्धीहरूले गलत सूचना दिँदछ र भाषीय र क्षेत्रीय कलहलाई भड्काउनसक्छ। पुलिसले भारतीय न्याय संहिता (बीएनएस) को धारा 352 (जानीबूझेर अपमान), 353(1)(सी) (सार्वजनिक शरारत) र 353(2) (झूटा बयान प्रसारित गर्नु) अन्तर्गत मामिला दर्ता गरेको छ र मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी