जोरथाङमा 98 जना वरिष्ठ नागरिकहरूको नि:शुल्क आँखा जाँच गरियो
जोरथाङमा 98 जना वरिष्ठ नागरिकहरूको नि:शुल्क आँखा जाँच गरियो


गान्तोक, 18 जून (हि.स.)। नाम्ची जिल्लाको महिला, बालबालिका, वरिष्ठ नागरिक र दिव्याङ्गजन कल्याण विभाग, स्वास्थ्य एवम् परिवार कल्याण विभाग र सिलगढीको ग्रेटर लायन्स आई अस्पतालको संयुक्त पहलमा आज अटल वयो अभ्युदय योजना अन्तर्गत जोरथाङको आईसीडीस हाल, वान स्टप सेन्टरमा नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया सम्पन्न भयो।

कार्यक्रम 60 वर्ष उमेर नाघेका वरिष्ठ नागरिकहरूलाई लक्ष्य राख्दै आयोजना गरिएको हो। यस कार्यक्रमको मुख्य उद्देश्य वरिष्ठ नागरिकहरूमा देखा पर्ने मोतीयाबिन्दु, ग्लुकोमा लगायत आँखा सम्वन्धित रोगको उपचार गर्नु रहेको थियो, जहाँ औषधि र शल्यक्रिया (प्रमुख अवस्थामा) को खरिदको लागि सबै वित्त र शुल्क आयोजक विभागले वहन गर्नेछ।

यस बाहेक शल्यक्रिया मार्फत उपचारको आवश्यकता पर्ने वरिष्ठ नागरिकहरूलाई ग्रेटर लायन्स आँखा अस्पताल, सिलगढीमा थप उपचारको निम्ति आवश्यक कागज पत्र प्रदान गरियो, जहाँ उनीहरूको आँखाको शल्यक्रिया गरिने छ। आजको स्वास्थ्य जाँच शिविरमा कूल 98 जना वरिष्ठ नागरिकहरूको ओपीडी जाँच गरियो, जसमा 40 जनाको मोतीयाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान गरियो।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande