मुख्यमन्त्रीले उपराष्ट्रपति धनखड़सॅंग भेट गरे, राज्य भ्रमणको औपचारिक निमन्त्रणा दिए
मुख्यमन्त्रीले उपराष्ट्रपति धनखड़सॅंग भेट गरे


गान्तोक, 18 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा देशका उपराष्ट्रपति जगदीप धनखड़सॅंग शिष्टाचार भेट गरे। यस अवसरमा मुख्यमन्त्रीले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा जारी गरिएको स्मारक स्मारिका, ₹50 को चाँदीको सिक्का र विशेष रूपमा जारी गरिएको हुलाक टिकट उपराष्ट्रपतिलाई उपहार स्वरूप प्रदान गरे।

मुख्यमन्त्रीले उपराष्ट्रिपति धनखड़लाई सिक्किम राज्यको भ्रमण गर्न तथा राज्यका विधायकहरू र विद्यार्थीहरूलाई आफ्नो अन्तर्दृष्टि र अनुभवहरू साझा गर्न औपचारिक निमन्त्रणा पनि दिएका छन्।

उल्लेखनीय छ, दिल्ली भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो राष्ट्रपति द्रौपदी मुर्मूसॅंग भेट गरेर सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा जारी गरिएको स्मारक स्मारिका, ₹50 को चाँदीको सिक्का र विशेष रूपमा जारी गरिएको हुलाक टिकट उपहार स्वरूप प्रदान गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande