'75 किलोमिटर मावला घाटी अल्ट्रा ट्रेल रन' मा शान्ति राई प्रथम
'75 किलोमिटर मावला घाटी अल्ट्रा ट्रेल रन' मा शान्ति राई प्रथम


गान्तोक, 18 जून (हि.स.)। सिक्किमकी ट्रेल रनर शान्ति राईले पुणे, महाराष्ट्रमा आयोजित '75 किलोमिटर मावला घाटी अल्ट्रा ट्रेल रन' मा प्रथम स्थान प्राप्त गरेकी छन्। उक्त प्रतियोगिता गत 14 जूनका दिन आयोजन भएको थियो।

धावक शान्ति राईले दौडको क्षेत्रमा उल्लेखनीय प्रदर्शन गर्दै राज्यलाई राष्ट्रियस्तरमा गौरवान्वित तुल्याइरहेकी छिन्। यस अघि गत वर्ष नोभेम्बर महिनामा अरुणाचल प्रदेशमा आयोजित 60 किलोमिटर अल्ट्रा ट्रेल रनमा उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।

जानकारी अनुसार, उक्त दुईवटै प्रतियोगिता आईटीआरए नेशनल लीग अफ् इण्डियामा सामेल छन् र यूटीएमबी इन्डेक्स रेसद्वारा मान्यता प्राप्त हुन्। यी प्रतियोगिताहरू पूरा गर्ने धावकहरूले यूटीएमबी र आईटीआरए पोइन्ट्स हासिल गर्छन्, जसले भविष्यमा हुने यूटीएमबी अन्तरराष्ट्रिय दौडहरूमा भाग लिन अवसर प्रदान गर्दछ।

सबै मापदण्डहरू पूरा गर्ने धावकहरूले वर्ष 2026 मा आयोजना गरिने वर्ल्ड च्याम्पियन्स ट्रेल रेसमा भाग लिने अवसर प्राप्त गर्ने सिक्किमका म्याराथन म्यान अमर सुब्बाले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande