जबलपुर, 19 जून (हि.स.)। नगरनिगम नेता प्रतिपक्ष अमरिश मिश्राले वायु गुणस्तर प्रोजेक्टमा करोड़ौं रुपियाँ घोटाला भएको आरोप लगाउँदै ईओडब्ल्यूमा सिकायत दर्ता गराएका छन्।
नेता प्रतिपक्ष अमरिश मिश्रा अनुसार नगरनिगमले 2.88 करोड़ रुपियाँको लागतबाट एयर क्वालिटी इक्विपमेन्ट जड़ान गर्ने नाममा एजेन्सी तथा कन्सल्टेन्ट्सलाई 1.75 करोड़ रुपियाँ पहिला नै दिसकेको छ। मिश्राले यी एजेन्सीहरूको योग्यतामाथि प्रश्न उठाउँदै भने, जसलाई हावाको एबीसी समेत थाहा छैन, उसैलाई शहरको हावा सुधार्ने जिम्मा दिइएको छ।
नेता प्रतिपक्ष अमरिश मिश्रा तथा उनका पार्षदहरूको दल ईओडब्ल्यूको कार्यालयमा पुगे। उनीहरूले योजनासित सम्बन्धित दस्तावेज अधिकारीहरूलाई सुम्पिए। मिश्राले अनुरोध गरे, यस मामिलाको गहिराईपूर्वक जाँच गरियोस्। उनले भने, यदि सम्भव भए ईओडब्ल्यू मुख्यालय भोपालबाट वरिष्ठ अधिकारीलाई पठाइयोस् ताकि दूधको दूध, पानीको पानी हुन सकोस्। मिश्राले भने, हामी चाहन्छौं कि यस घोटालामा समेल नगरनिगमका अधिकारीहरू तथा अन्यको जाँच होस् अनि दोषीहरूको नाम उजागार गरियोस्।
अमरिश मिश्राले यसलाई भ्रष्टाचारको मोडल बताए अनि भने, परियोजनाको उदेश्य जनताको स्वास्थ्य होइन, अधिकारीहरूको खल्ती भर्न अनि ठेकादारहरूलाई फाइदा पुऱ्याउनु हो। मिश्रा अनुसार जबलपुर एउटा यस्तो शहर हो जसलाई प्राकृतिक रूपले स्वच्छ वातावारणको लागि चिनिन्छ। यहाँ माँ नर्मदाको शुद्ध पानी बग्छ, चारैतिर हरियारि, पहाड़ अनि उपत्याका छ। यहाँको वायु गुणस्तर पहिलाबाटै उत्तम श्रेणीको छ। उनले प्रश्न गरे, जब यहाँको हावा पहिलाबाटै राम्रो छ भने करोड़ौं खर्च गरेर हावा सुधार्ने 'एक्सरसाइज' किन गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा