खरसाङ, 19 जून (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिका संयोजक एवं शिक्षक राजेश थापा पितृ शोकमा परेका छन्। उनको पिता बीरेन्द्र थापाको बिहिवार 83 वर्षको उमेरमा निधन भयो, जसको उत्तर बंगाल मेडिकल कलेजमा उपचार चलिरहेको थियो।
दिवंगत थापाको अन्तिम संस्कार शुक्रवार तीनधारे महानदी समष्टिको नरबुङ चियाबारीमा गरिने जानकारी प्राप्त भएको छ। संयोजक थापाको पिताको निधनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सभापति राजीव थापाले श्रद्धाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक