हेरोइनसहित एक तस्कर पक्राउ
हेरोइनसहित एक तस्कर पक्राउ


गुवाहाटी, 19 जून (हि.स.)। गुवाहाटीको पान बजार पुलिसले हेरोइनसहित एक तस्करलाई पक्राउ गरेको छ। असम पुलिस मुख्यालयले बिहिवार दिएको जानकारी अनुसार, पान बजार थाना क्षेत्रको दुई नम्बर रेलवे स्टेशनको गेट छेउमा चलाइएको अभियानमा हेरोइनसहित एक तस्करलाई पक्राउ गरियो।

पक्रा परेका तस्करको नाम मोहसिन खान बताइएको छ। आरोपीबाट पुलिसले सातवटा सीसीमा भरेर राखिएको 9.29 ग्राम हेरोइन बरामद गरेको छ। आरोपी ग्वालपाडा जिल्ला निवासी हुन्।

पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आरोपीसॅंग सघन केरकार गरिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande