इटानगर, 19 जून (हि.स.)। अरुणाचल प्रदेशले आफ्नो ग्रामीण शासन औ विकास कार्यक्रमहरूलाई प्रेरित गर्ने उदेश्यले बिहीवार भारतको अग्रणी ग्रामीण प्रबन्धन संस्थानहरूमध्ये एक ग्रामीण प्रबन्धन सस्थान आनन्द (आईआरएमए)-सित रणनीतिक साझेदारी गरेको छ।
अरुणाचल प्रदेशका ग्रामीण विकास मन्त्री ओजिंग तासिंगले इटानगरमा आयोजित एक समारोहमा राज्य ग्रामीण विकास एवं पञ्चायती राज संस्थान (एसआईआरडी एण्ड पीआर) तथा गुजरातको प्रतिष्ठित ग्रामीण प्रबन्धन संस्थान आनन्द (आईआरएमए)-सित सम्झौता ज्ञापनमा हस्ताक्षर गरे।
यस सहयोगको उदेश्य अरूणाचल प्रदेशका सुदूरवर्ती गाउँ अनि आदिवासी समुदायमा ग्रामीण विकास योजनाको शैक्षणिक विशेषता एवं यसको धरातलीय स्तरमा क्रियान्वयन सृजित दूरत्वलाई मेटाउनु हो। त्रिभुवन सहकारी विश्वविद्यालय अन्तर्गत एक प्रमुख संस्थानको रूपमा स्थापित आईआरएमए, ग्रामीण प्रबन्धन शिक्षा औ अनुसन्धानमा दशकौंको अनुभव बोकेर आएको छ। यो साझेदारीले स्थानीय सरकारी अधिकारीहरूको लागि क्षमता निर्माण, सर्वोत्तम प्रथाहरूमा ज्ञान साझा गर्ने औ पूर्वोत्तर राज्यको लागि विशिष्ट ग्रामीण चुनौतीहरूको लागि अभिनव दृष्टिकोण विकसित गर्नेमाथि ध्यानकेन्द्रित गर्नेछ।
मन्त्री तासिंगले भने, यो पहल राज्य सरकारको विकसित अरूणाचल दृष्टिकोण अनुरूप छ जसले धरातीलय स्तरमा लोकतान्त्रिक संस्थानहरूलाई सशक्त बनाउन चाहन्छ। यस सहयोगबाट ग्रामीण क्षेत्रहरूमा कार्यरत निर्वाचित प्रतिनिधि एवं सरकारी अधिकारीहरूको लागि प्रशिक्षण कार्यक्रम प्रेरित हुने आशा छ।
आईआरएमए गुजरातका निदेशक डा. उमाकान्त दासले ग्रामीण विकास विभाग, पञ्चायती राज, अरूणाचल राज्य ग्रामीण आजीविका मिशन तथा एसआईआरडी एण्ड पीआरकेका वरिष्ठ अधिकारीहरूसित हस्ताक्षर समारोहमा भाग लिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा