श्रीनगर, 19 जून (हि.स.)। पश्चिम बंगालका एकजना 30 वर्षीय व्यक्तिलाई बिहीवार श्रीनगरमा रहस्यमय परिस्थितिमा मृत पाइयो।
एकजना पुलिस अधिकारीले बताए, उक्त व्यक्तिलाई अचेत अवस्थामा भेटिएपछि तुरून्त एसएमएचएस अस्पतालमा लगियो तर त्यहाँ ड्यूटीमा तैनाथ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।
पुलिस अधिकारी अनुसार व्यक्ति कथित रूपमा हरि सिंह हाई स्ट्रीटमा बस्दै आएका थिए र त्यहीँ नै सरापीको काम गर्दै आएका थिए। व्यक्तिको पहिचान पश्चिम बंगालको मन्टो माजीका छोरा पल्लब माजी (30)को रूपमा भएको छ।
पुलिसले मामिलाको संज्ञान लिएको छ साथै यस सम्बन्धमा अग्रिम जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा