नगाउँ (असम), 19 जून (हि.स.)। नगाउँ जिल्लाको कठियातोलीबाट बेपत्ता भएका युवकको शवलाई आज नैनो नदीबाट उद्धार गरिएको छ। पुलिसले बिहीवार बतायो, गत 11 जूनदेखि नै आफ्नो पल्सर बाइक सहित कठियातोलीका अब्दुल हुसैन बेपत्ता भएका थिए। बितेका आठ दिनदेखिको उसको केही पत्तो लागेको थिएन। स्थानीय मानिसहरूको सूचना पाएर घटनास्थलमा पुगेको एसडीआरएफको सहयोगमा शवलाई नैनो नदीबाट निकालियो।
पुलिसले मृत युवकको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। युवकको मृत्यु कसरी भयो यसबारे अहिलेसम्म थाहा लाग्न सकेको छैन। पुलिसले बतायो, पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको कारण पत्तो लाग्नेछ। घटनाको सम्बन्धममा पुलिसले एक प्राथमिकी दर्ता गरी सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा