कोलकाता, 19 जून (हि.स.)। मनसुनको सक्रियताले पश्चिम बंगालका केही जिल्लाहरूमा विध्वंस मच्चाएको छ। बाँकुड़ा र पश्चिम मेदिनीपुर जिल्लामा लगातार परिरहेको पानीले जनजीवन अस्त-व्यस्त भएको छ। गत मंगलवारदेखिकै परिरहेको मुसलधारे पानीले शिलाबती अनि तमाल जस्ता नदीहरूमा बाढ़ी आएको छ जसले गर्दा केही क्षेत्रहरू जलमग्न भएका छन्।
शिलाबती नदीमाथि अवस्थित सिमलापाल पुल बिहीवार भोर बिहान पानीमा बग्न थालेपछि बाँकुड़ा-झाड़ग्राम राज्य सड़कमा यातायात पूर्णरूपले ठप्प भयो। पुल तर्ने प्रयास गर्दा तीनवटा ट्रक पानीको बीचमा फसे जसलाई स्थानीयहरूले मिलेर सुरक्षित निकाले। भेलाइडीहा पुल पनि शिलाबतीको तीव्र प्रवाहमा डुबिसकेको छ।
पश्चिम मेदिनीपुरमा बाढ़ी जस्तै अवस्था-
मेदिनीपुरमा भइरहेको अविरल वर्षाको कारणले यहाँको गड़बेता एक ब्लक अनि गड़बेता दुई ब्लक अधिनस्थ तीनवटा ग्राम पञ्चायत क्षेत्रहरूमा बाढ़ी जस्तै स्थिति उत्पन्न भएको छ। चन्द्रकोणा अनि घाटाल महकुमाका केही क्षेत्रहरू पानीमा डुबेका छन्। प्रशासनिक प्रयास अन्तर्गत सयकड़ौं मानिसहरूले राहत शिविरमा शरण लिएका छन्।
गड़बेता दुईका बीडीओ देवऋषि ब्यनर्जीले बताए, सरबत, जोगारडांगा औ पियाशाला क्षेत्रमा पानी भरिसकेको छ साथै त्यहाँबाट मानिसहरूलाी सुरक्षित निकालिँदैछ। पञ्चायत समितिका सभापति दिनबन्धु देले बताए, तीनवटा क्षेत्रका सयभन्दा अधिक परिवारहरूलाई सुरक्षित स्थानमा पुऱ्याइएको छ तथापि पालाशियामा अहिले पनि धेरैजना मानिसहरू फसेका छन्।
शिलाबती नदीको तीव्र प्रवाहले मायता-गोयालतोड़-बाँकुड़ा पक्की सड़क भत्काइदिएको छ जसबाट सम्पर्क नै विच्छिन्न भएको छ। कतिपय क्षेत्रहरूमा नदी किनारको खेतीयोग्य भूमि जलमग्न भएको छ। साथै गड़बेता एक र दुई ब्लकका केही सड़क अनि पुलहरू बगिसकेका छन्।
मुख्य स्वास्थ्य अधिकारी डा. सौम्यशंकर षड़ंगीले बताए, गड़बेताका नौवटा प्राथमिक स्वास्थ्य केन्दहरू्र पानीमा डुबिसकेका छन्। स्वास्थ्यकर्मीहरू त्यहाँ पुग्न असमर्थ छन्। प्रशासनसित डुंगाको माग गरिएको छ। तथापि सबै केन्द्र अनि राहत शिविरहरूमा औषधिको पर्याप्त व्यवस्था गरिएको छ।
जिल्लाधिकारी खुर्शीद अली कादरीले लगातार स्थितिको निगरानी गरिरहेका छन् तथा बीडीओ अनि स्वास्थ्य अधिकारीहरूसित समीक्षा बैठक गरिरहेका छन्। प्रभावित क्षेत्रहरूमा राहत शिविर खोलिएको छ भने शिविरहरूमा भोजन लगायत अन्य आवशयक सुविधाहरू उपलब्ध गराइँदैछ।
यसपालि मनसुन दक्षिण बंगालमा ढिलो गरी आएको भए पनि यसको प्रभावले गंगाका मैदानी क्षेत्रहरूमा व्यापक ध्वंस मच्चाएको छ। मौसम विभागले दक्षिण बंगालको लागि रेड अलर्ट जारी गरिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा