बेंगलुरु, 19 जून (हि.स.)। कर्णाटक विधानसभा सचिवालयले भारतीय जनता पार्टी (भाजपा)- का नेता औ खनन व्यापारी जी. जनार्दन रेड्डीको सदस्यता बहाल गरिदिएको छ। जी. जनार्दन रेड्डी प्रदेशको गंगावती विधानसभा सीटबाट विधायक हुन्। हैदराबादको सीबीआई अदालतले ओबुलापुरम माइनिंग कम्पनी (ओएमसी)- को अवैध खनन मामिलामा उनलाई दोषी ठहर गरेपछि विधानसभा सचिवालयले उनलाई अयोग्य घोषित गरिदिएको थियो।
कर्णाटक विधानसभा सचिवालयले अवैध खनन मामिलामा दोषी ठहराइएका जी. जनार्दन रेड्डीलाई विधायकको रूपमा अयोग्य ठहर गर्ने आफ्नो आदेशलाई फिर्ता लिएको छ। तेलंगाना हाई कोर्टले गत 11 जूनमा जी. रेड्डीविरूद्ध हैदराबाद सीबीआई अदालतको फसेलामाथि अस्थायी रोक लगाउँदै जमानत दिएको थियो। त्यसपछि कर्णाटक विधानसभा सचिव एम.के. विशालाक्षीले एक परिपत्र जारी गरी 6 मईमा जारी आफ्नो अयोग्यताको आदेशलाई कोर्टको आगामी आदेशसम्म फिर्ता लिएका थिए।
वास्तवमा 6 मई, 2025-मा जनार्दन रेड्डी लगायत अन्य तीनजना मानिसहरूलाई हैदराबादको सीबीआई अदालतले ओबुलापुरम माइनिंग कम्पनी (ओएमसी)-को अवैध खनन मामिलामा दोषी ठहर गर्दै उनीहरूलाई सात वर्षको जेलको सजाय सुनाएको थियो। यसको साथै प्रत्येकमाथि 10-10 हजार रुपियाँको जरीमाना पनि तोकेको थियो। अदालतको आदेशमा कर्णाटक विधानसभा सचिवालयका सचिव जी. जनार्दन रेड्डीले विधायक पदबाट अयोग्य ठहराउने आदेश जारी गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा