कालेबुङमा घना वर्षा, यातायात बन्द
कालेबुङमा घना वर्षा, यातायात बन्द


सिलगढ़ी, 19 जून (हि. स.)। कालेबुङमा परेको मुसलधारे पानीको कारणले राष्ट्रिय राजमार्ग-10 माथि संकट मड़ारिरहेको छ। लिखु भीरमा पहाड़बाट राष्ट्रिय राजमार्गमा ढुङ्गा झरिरहेको छ। वर्षाले मल्लीदेखि किर्ने तर्फ जाने सड़कलाई पनि व्यापक क्षति पुऱ्याएको छ। त्यसैले कालेबुङ जिल्ला प्रशासनले मल्लीदेखि किर्नेसम्म भारी यातायातमाथि रोक लगाइदिएको छ।

प्राप्त जानकारी अनुसार, कालेबुङमा बिहीवार बिहान 8:30 बजेसम्ममा बितेको 24 घण्टाभित्रमा 104.6 मिमी वर्षा भएको छ। यसले गर्दा राष्ट्रिय राजमार्गका धेरैवटा ठाउँहरू जोखिमपूर्ण भएको छ। जुन प्रकारको स्थिति उत्पन्न भएको छ त्यसबाट कुनै पनि समय राष्ट्रिय राजमार्ग-10 बन्द हुने सम्भावना प्रबल छ। यसलाई मध्यनजर गर्दै कालेबुङ जिल्ला प्रशासनले मल्लीदेखि किर्नेसम्म भारी यातायातमाथि रोक लगाइदिएको छ। यसबीच मौसम विभागले आज र भोलि पहाड़ी क्षेत्रमा भारी वर्षा हुने चेताउनी जारी गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande