भारी मात्रामा मदिरा जफ्त, युवक पुलिसको थुनामा
भारी मात्रामा मदिरा जफ्त, युवक पुलिसको थुनामा


मालदा, 19 जून (हि. स.)। आँपको टोकरीमा मदिरालाई लुकाएर तस्करी गर्ने योजनालाई मालदा जीआरपीले असफल बनाइदियो। लगभग 31 हजार रुपियाँको मदिरा सहित एकजना तस्करलाई पक्राउ गरिएको छ। आरोपी तस्करको पहिचान बिहारको पटना जिल्लास्थित बाखरपुर निवासी सोनु कुमार (26)-को रूपमा गरिएको छ।

मालदा जीआरपी सूत्र अनुसार सोनु कुमारलाई मालदा टाउन स्टेशनको प्लेटफर्म नम्बर-1 मा संदिग्ध अवस्थामा घुमिरहेको देखेपछि जाँचबुझ गरियो। उसले सन्तोषजनक जवाफ नदिएको कारणले उसित रहेको आँपको टोकरीको जाँच गरियो जसबाट 288 केन बियर जफ्त गरियो। पछि युवकलाई पनि पक्राउ गरियो। आरोपी युवकलाई बिहीवार मालदा जिल्ला न्यायालमा पेश गरियो।

उल्लेखनीय छ, केही दिनपूर्व पनि एकजना व्यक्तिले यसरी नै मालदा टाउन स्टेशनबाट आँपको टोकरीमा मदिरा तस्करी गर्ने प्रयास गरेको थियो। उक्त मदिरालाई पनि बिहार लगिँदैथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande