भगवान मुरूगन सम्मेलनको पछाड़ि कुनै राजनीतिक उदेश्य लुकेको छैनः भाजपा
भगवान मुरूगन सम्मेलनको पछाड़ि कुनै राजनीतिक उदेश्य लुकेको छैनः भाजपा


चेन्नई, 19 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- को राज्य एकाईले ती आरोपहरूलाई खण्डन गरेको छ जसमा भनिएको छ, आागमी भगवन मुरूगन भक्त सम्मेलन राजनीतिक फाइदाको लागि आयोजना गरिँदैछ। राज्य भाजपा अध्यक्ष नैनार नागेन्द्रनले भने, आगामी 22 जूनको दिन मदुरैमा हुन गइरहेको यो आयोजन पूर्ण रूपले आध्यात्मिक हो र यसको पछाड़ि कुनै राजनीतिक उदेश्य लुकेको छैन।।

नागेन्द्रनले आफ्नो एक्स ह्याण्डलमा भने, सम्मेलन भोटहरूको लाभ उठाउनको लागि आयोजना गरिएको होइन, यो वास्तविक भक्तिको प्रदर्शन हो यसको आयोजन हिन्दू मुन्नानीद्वारा गरिँदैछ भाजलाई भाजपाले समर्थन गरिरहेको छ।

आशा छ, यसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अनि आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण जस्ता प्रमुख नेताहरूलाई पनि निम्तो दिइएको छ। नागेन्द्रनले स्पष्ट पारे, यदि डीएमके नेता एवं अन्य राजनीतिक हस्तीहरूको साँचो श्रद्धा भयो भने त्यसलाई पनि स्वागत छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande