विशालकाय रूख ढलेर मन्दिर क्षतिग्रस्त
विशालकाय रूख ढलेर मन्दिर क्षतिग्रस्त


सिलगढ़ी, 19 जून (हि.स)। शहरको हाशमी चौकमा एउटा विशालकाय रूख ढलेर हनुमान मन्दिर क्षतिग्रस्त भयो। घटना अबेर राती भएको कारणले कुनै प्रकारको ज्यानहानि भएको समाचार प्राप्त भएको छैन। तथापि घटनापछि केही समयको लागि सड़कलाई बन्द राखिएको थियो। स्थानीय मानिसहरूले बताए, तीव्र हावाको कारणले एउटा विशाल रूख ढलेर मन्दिरको छानोमा पुग्यो। रूखले मन्दिरको छत, भित्ता अनि मूर्तिहरू क्षतिग्रस्त बनाएको छ। स्थानीय मानिसहरूले बताए, रूख धेरै पुरानो थियो साथै अवस्था पनि ठीक थिएन। यस घटनामा बिजुलीको तार पनि क्षतिग्रस्त भएको छ। घटनाको जानकारी पाउनसाथ सिलगढ़ी थानाको पुलिस घटनास्थलमा पुग्यो। त्यसपछि द्रूत गतिमा रूखलाई हटाउने कार्य शुरू गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande