बागननमा सड़क दुर्घटना, दुई जनाको मृत्यु
बागननमा सड़क दुर्घटना, दुई जनाको मृत्यु


हावड़ा, 19 जून (हि.स.)। हावड़ा जिल्लाको बगनानमा लाइब्रेरी चौरस्तामा बिहीवार बिहान भएको सड़क दुर्घटनामा दुई जना मानिसहरूको मृत्यु भयो भने लगभग 25 जना मानिसहरू घाइते भए। घाइतेहरूलाई पुलिस अनि स्थानीय मानिसहरूको सहयोगमा रेस्क्यू गरी अस्पतालमा पुऱ्याइयो।

प्राप्त जानकारी अनुसार बिहीवार बिहान लगभग साढ़े सात बजr एक यात्रु वाहक बस बागनानदेखि श्याम बजारतर्फ गइरहेको थियो। घना वर्षाको कारणले दृश्यता कम थियो। सूत्रानुसार बस लाइब्रेरी चौरस्तामा सर्भिस रोडदेखि हाईवेमा गइरहेको समय विपरीत दिशाबाट आइरहेको लरीले बसलाई ठक्कर दियो जसले गर्दा यात्रीहरूले भरिएको बस सड़कमा पल्टियो। यस घटनामा दुईजना मानिसहरूको मृत्यु भयो भने लगभग 25 जना घाइते भए। घटनापछि पलिस घटनास्थलमा पुगेर कारबाहीमा जुटेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande