रायपुर, 19 जून (हि.स.)। छत्तीसगढ़मा नेशनल फोरेन्सिक साइन्स यूनभर्सिटी (एनएसएफयू) खोलिरहेको छ। केन्द्रिय गृहमन्त्री अमित शाहले आगामी 22 र 23 जूनमा हुने आफ्नो प्रवास अवधि नवा रायपुरमा उक्त यूनिभर्सिटी क्याम्पसको भूमिपूजन गर्नेछन्।
उप-मुख्यमन्त्री विजय शर्माले बिहीवार नेशनल फोरेन्सिक साइन्स यूनिभर्सिटीको बारेमा जानकारी गराउँदै भने, नवा रायपुरमा 40 एकड़ भूमि आवन्टन गरिएको छ। लगभग साढ़े तीन सय करोड़ रुपियाँको लागतमा विश्वविद्यालय निर्माण हुनेछ। भवन निर्माण हुनपूर्व नै यूनिभर्सिटीमा यसै शैक्षणिक सत्रमा पढ़ाई शुरू हुनेछ जसको निम्ति ट्रान्जिट क्याम्पसको पनि गृहमन्त्रीले शुभारम्भ गर्नेछन्।
उप-मुख्यमन्त्री शर्माले बताए, केन्द्रिय गृहमन्त्री अमित शाहले आफ्नो प्रवास अवधि प्रशासनिक बैठकको अध्यक्षता गर्नेछन्। तर बैठकको लागि स्थान अहिले नै तय भएको छैन। यसको साथै अमित शाहले शहीद अतिरिक्त पुलिस अधीक्षक आकाश राव गिरिपुंजेका परिवार लगायत बस्तरमा जवानहरूसित भेट गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा