नयाँ दिल्ली, 19 जून (हि.स.)। दिल्ली सरकारले आगामी 21 जूनमा अन्तर्राष्ट्रिय योग दिवसलाई अत्यन्त भव्य रूपमा मनाउने तयारी गरिरहेको छ। मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार एक्स पोस्टमा भनिन्, योग दिवसमा हामी सबै मिलेर राजधानी दिल्लीमा एउटा परम्पराको शुरूआत गर्नेछौं। दिल्लीका एघारवटा प्रतिष्ठित स्थलहरूमा उनी लगायत उनको क्याबिनेटका सहयोगी अनि दिल्लीका सांसद, विधायक एवं दिल्लीका मानिसहरूसित योग साधनामा सहभागी बन्नेछन्।
मुख्यमन्त्रीले बताइन्, यो आयोजन केवल योगको उत्सव होइन, जन सहभागिता अनि जनशक्तिको प्रतीक बन्नेछ जहाँ सरकार अनि समाजले मिलेर एक स्वस्थ, सशक्त एवं जागरूक दिल्लीको संकल्पलाई साकार बनाउनेछ। उनले सबैसित आग्रह गरिन्, आगामी 21 जूनमा आफ्नो सहभागिताले यस योग महापर्वलाई ऐतिहासिक जन-उत्सव बनाऔं साथै ‘एक भारत, स्वस्थ भारत’- को संकल्पलाई अझ सशक्त बनाऔं।
यसपूर्व गत 7 जूनमा शिक्षा मन्त्री आशिष सूदले एक बयानमा भनेका थिए, अन्तर्राष्ट्रिय योग दिवसको एघारौं वार्षिकीको अवसरमा सरकारले दिल्लीका एघारवटा स्थानहरूमा योग दिवसको आयोजन गरिरहेको छ। दिल्ली सरकारले पहिलो पटक भारत सरकारसित मिलेर आधिकारिक रूपमा दिल्लीमा अन्तर्राष्ट्रिय योग दिवस आयोजन गरिरहेको छ। दिल्लीका विभिन्न 11 वटा प्रमुख स्टेडियम/ खेल परिसर (त्यागराज स्टेडियम, ईस्ट विनोद नगर स्पोर्ट्स कम्लेक्स, झिलमिल कलोनी, बवाना, पहलादपुर, भारत नगर, यमुना ब्यांक, नजफगढ़ स्टेडियम, द्वारका सेक्टर-6, अशोक नगर हकी स्टेडियम आदि)-मा आयोजना गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा