बिहारको कन्स्टेबल भर्ती घोटालामा बंगालको कनेक्शन, मध्यमग्रामको प्रिन्टिंग प्रेसमा ईडीको छापा
बिहारको कन्स्टेबल भर्ती घोटालामा बंगालको कनेक्शन, मध्यमग्रामको प्रिन्टिंग प्रेसमा ईडीको छापा


उत्तर 24 परगना, 19 जून (हि.स.)। बिहारको कन्स्टेबल भर्ती परीक्षामा प्रश्नपत्र लीक भएको मामिलाको सिलसिलामा प्रवर्तन निदेशालय (ईडी)-ले बिहीवार बिहान उत्तर 24 परगना जिल्लाको मध्यमग्राम क्षेत्रमा छापा माऱ्यो।

ईडीको यो कारबाही त्यसबेला भएको छ जतिबेला घोटालाको जाँच गर्ने क्रममा बिहारसित सम्बन्धित मामिला पश्चिम बंगालसम्म आइपुगेको छ। जानकारी अनुसार कन्स्टेबल भर्ती परीक्षाको प्रश्न-पत्र उत्तर 24 परगनाको मध्यमग्रामस्थित एक प्रिन्टिंग प्रेसबाट प्रकाशित गरिएको थियो। यो त्यही मामिलामा हो जसमा लगभग एक वर्षपूर्व बिहारमा पेपर लीक भएको सिकायत सामु आएपछि मामिलाको जाँचको जिम्मा ईडीलाई सुम्पिइएको थियो।

ईडी अधिकारीहरूले मध्यमग्राम थाना अन्तर्गत 142, ओल्ड जेसोर रोडस्थित ‘गंगानगर मित्र कम्प्लेक्स’-मा अवस्थित 'ब्लेसिंग सीक्रेट प्रेस प्राइभेट लिमिटेड' नामक छापाखानामा छापेमारी गरे। सूत्र अनुसार यस प्रेसमा बिहार मात्र नभएर अन्य राज्यहरूको पनि विभिन्न सरकारी भर्ती परीक्षाहरूको प्रश्न-पत्र छापिन्थे।

बिहार पुलिसको इकोनमिक अफेन्सेस यूनिटले पहिला नै यस मामिलामा धेरैजनालाई पक्राउ गरिसकेको छ जसमा मध्यमग्रामको एक निजी संस्थाका वरिष्ठ पदाधिकारी पनि सामेल छन्। यस अतिरिक्त कोलकाता निवासी एकजना व्यक्ति, उत्तर 24 परगनाका दुईजना अनि लखनऊका एकजनालाई हिरासतमा लिइएको थियो।

ईडीको जाँचमा यो पनि संकेत पाइएको छ, यो घोटाला बिहारसम्म मात्र सीमित छैन। वर्ष 2024-मा आयोजित 'नीट-यूजी' परीक्षामा भएको प्रश्न-पत्र लीक मामिलाको उल्लेख पनि ईडी अधिकारीहरू सामु आएको छ। त्यसैले यो सन्देह गहिरिँदै गइरहेको छ कि के बिहारको कन्स्टेबल भर्ती अनि नीट पेपर लीक एउटै नेटवर्कको काम हो?

सूत्रले बताए मुताविक जुन संस्थालाई बिहार पुलिसको पक्षबाट प्रश्न पत्र छाप्ने जिम्मेवारी दिइएको थियो, त्यसको रजिस्टर्ड कार्यालय कोलकातामा छ। तथापि कोरोना कालपछि त्यहाँ कुनै प्रकारको गतिविधि नभएको भए पनि कार्यालयको ठेगाना अहिलेसम्म फेरिएको छैन। ईडीले यस ठेगानामा पनि छापामारी गर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande